साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार १४ ।
गुल्मीमा कालिगण्डकी खोला किनारमा एक जना युवतीको बेवारिसे शब फेला परेको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका वडा नम्बर ४ पूर्तिघाट स्थित कालिगण्डकी नदि किनारमा एक जना युवतीको शब फेला परेको जिल्ला प्रहरी कार्यालय जोहाङ्ग प्रहरी चौकी गुल्मीका प्रहरी नायव निरिक्षक खुमबहादुर कुँवरले जानकारी दिए ।
बिहिवार अपरान्न तिर स्थानियले माछा मार्ने क्रममा खोलाको किनारमा घाटी भन्दा माथी नभएको शरिर नग्न अबस्थामा रहेको युवतीको शब फेला पारेर प्रहरी लाई खबर गरेका थिए । कालिगाण्डकी खोला किनारमा फेला परेको शबको केहि भाग कालो,डढे जस्तो र नग्न अबस्थामा रहेको छ ।
प्रहरी नायव निरिक्षक कुँवरले भने ‘फेला परेको शब मस्त जवान युवती हुनसक्ने अनुमान गरेका छौं । गुल्मीसँगै पर्वत र बाग्लुङ्ग सिमाना पर्ने भएकाले शब खोलाले बगाए ल्याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
मृत अबस्थामा फेला परेको शब कहाँको र कस्को भन्ने बारे केहि नखुलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरामकुमार द्धिबेदीले जानकारी दिए ।
शब फेला परेको खबर पाउन साथ प्रहरी टोली खटिए शबलाई पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइदैं गरेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शब पहिचाहनको लागि सिमानाका जिल्लाहरुमा पनि खबर गरेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend