साझा नेटवर्क
सरगम तिलक मगर ।
गायिका सर्मिला लम्सालको तीज गीतको भिडियो योग्सना डिजिटल म्युजिक मार्फत सार्बजनिक गरिएको छ । ‘बाडुल्की’ बोलको गीतमा चर्चित गायक तथा सर्जक गणेश अधिकारी र गायिका सर्मिला लम्सालको स्वर समाबेश गरिएको छ ।
केही समय अघि मात्रै प्रकाश सपुतको ‘बोल मायाँ’ बोलको गीतमा अभिनय गरेर दर्शकको मन जितेकी मोडल अञ्जली अधिकारीको तीजको गीतमा छमछमी कम्मर भाँचेको भिडियो सार्वजनिक भएको छ । सम्पूर्ण दर्शकलाई भावुक बनाएकी मोडल अञ्जलीले फेरि एकपटक दर्शकलाई रमाईलो प्रदान गरेकी छिन् ।
गायिका सर्मिला लम्सालको तीज गीत ‘बाडुल्की ’ बोलको गीतमा मोडल अञ्जलीसँगै सुजन कोइरालाले पनि कम्मर मर्काएका छन् । योग्सना डिजिटल म्युजिकको अफिसियल यु ट्युब मार्फत भिडियो सार्बजनिक गरिएको हो।
गणेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतको भिडियोलाइ स्मृति तिमल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।
हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend