logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको धुर्कोटमा श्रीमान-श्रीमती तालिम लिदै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी असार १३ ।
धुर्कोट गाउँपालिका वार्ड नम्बर २ पिपलधारामा सहभागिता सहकार्य तालिम सुरु भएको छ । तालिम गाउँपालिकाको महिला, बालबालिका तथा सामाजकल्याण शाखाको आयोजनामा संचालन भएको हो । तालिममा वडाभरिका २० जोडी अर्थात श्रीमान–श्रीमती गरी ४० जनाको सहभागिता रहेको छ । समाजमा हुने गरको विकृति, घरेलु हिसां, महिला हिसां लगायतका सामाजिक तथा साँस्कृतिक विकृतिहरुको अन्त्य गर्ने उदेश्यले तालिमको आयोजना गरिएको महिला, बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख शारदा ओलीले जानकारी दिइन् । त्यस्तै लैंगिक विभेद, अनियन्त्रित मदिरा सेवन लगायतका विकृतिहरुलाई पनि अन्त्य गर्ने ओलीले बताइन् ।

पारिवारिक विमेलको अन्त्य गर्दै घरायसि तथा सामाजिक काममा समान सहभागिता गराउनको लागि पनि श्रीमान–श्रीमतीलाई सँगै राखेर तालिम दिन लागिएको गाउँकार्यपालिका सदस्य कमला घर्तीले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका प्रमुख भुपाल पोखरेलले समाजमा भएका सबैखाले विभेद, सामाजिक विकृतिहरुको अन्त्य गर्दै गाउँपालिकाको अवधारणमा आधारित टोल संरक्षण महिला मञ्चमार्फत महिलामैत्री वातावरण सिर्जना गर्न गाउँपालिका लागिपर्ने बताए ।

अझै पनि समाजमा महिला–पूरुषबिचको समान सहभागितामा चुनौति देखिएको छ’ उनले भने, ‘गाउँपालिकाले कडा नीति लिई त्यसको अन्त्य गर्नेछ ।’ त्यस्तै विशेष अतिथि शिव बहादुर खत्रीले कुनै पनि ब्यक्ति अन्यायमा परे गाउँपालिकाको न्यायीक समितिमा आउन आग्रह गरे ।

तालिम तिनसम्म संचालन हुनेछ । गाउँपालिकाको महिला शाखाको आयोजनामा वडा नम्बर ३ हाडहाडे र वडा नम्बर ७ वाग्लामा पनि यो तालिम सम्पन्न भइसकेको छ ।

तालिम वडाध्यक्ष नविन जिसीको अध्यक्षता, गाउँपालिका प्रमुख पोखरेलको प्रमुख आतिथ्यता, उपप्रमुख शिव बहादुर खत्रीको विषेश आतिथ्यता तथा महिला विकास शाखा प्रमुख ओली र कार्यपालिका सदस्य कमला घर्तीको सहजिकरणमा सम्पन्न भएको हो ।


प्रकाशित मिति : १३ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend