साझा नेटवर्क
हेम विश्वकर्मा, बागलुङ असार १२ ।
बडिगाड गाउँपालिका २ खर्वाङमा आज एक कार्यक्रमका बिच वन वन्यजन्तु र वातावरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका बडिगाड गाउँपालिकाका अध्यक्ष मेहेरसिँह पाइजाले ब्यानर वाचन गरेर कार्यक्रमलाइ उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रमा बोल्दै अध्यक्ष पाइजाले वातावरण संरक्षणमा हरेक नागरिकको महत्त्वपुर्ण भुमिका रहने , त्यसलाइ संरक्षण गर्नको लागि जिम्मेवार ब्यक्ति सँगै सम्पुर्ण नागरिकमा सचेतना छर्न जरूरी रहेको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा प्रशिक्षण दिँन आउनुभएका जिल्ला वन कार्यलय बाग्लुङका सायक वन अधिकृत उमेन्द्र अर्यालले बिभिन्न वनस्पति , वन्यजन्तु , र वातावरण सँग सम्बन्धित रहेका समस्या तथा समाधानका उपाएको बारेमा जानकारी दिनुभएको थियो ।
जिल्ला वनकार्यलय बाग्लुङले आयोजना गरेको कार्यक्रमको समोन्य इलाका वन कार्यलय खर्वाङका फरेष्टर तथा प्रमुख दिपक श्रीसले गर्नुभएको थियो ।
बिभिन्न वडाका प्रमुख तथा प्रतिनिधि , सरकारी तथा गैरसरकारी निकाएका प्रमुख तथा प्रतिनिधि , सुरक्षाकर्मी एबम् सञ्चारकर्मी को उपस्थिति रहेको कार्यक्रमको सञ्चालन इलाका वन कार्यलय बुर्तिबाङका फरेष्टर खिम श्रीसले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend