साझा नेटवर्क
टोपलाल अर्याल , गुल्मी असार ११ ।
हेफर इन्टरनेशनल नेपालले स्वर्णिम प्रतिभा पुरस्कार बितरण गरेको छ । नगद ७० हजार राशीको स्वर्णिम प्रतिभा पुरस्कारबाट धुर्कोट गाउँपालिका ५ बस्तुकी कमला भण्डारीले प्राप्त गरेकी छन् ।
सोमबार नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले स्वर्णिम प्रतिभा पुरस्कार कमलालाई प्रदान गरे । पुरस्कृत हुने भण्डारीलाई बधाई ज्ञापन गर्दै मन्त्री बिष्टले परियोजना, समुह र सहकारी मार्फत आर्थिक समृद्धिको एउटा उदाहरण मात्र भएको बताए । उनले परियोजना मार्फत महिलाहरुमा आएको आर्थिक तथा समाजिक परिवर्तनले आफु निकै खुसी भएको बताए ।

हिजो बारीको डिल र जंगलको कुनामा चिलाउनेका पात बजाउने आमा दिदिबहिनीहरु अहिले भाषण ठोक्ने भए,’उनले भने,‘परियोजनाले बाख्रा मात्रै दिएन, सीप र हिम्मत पनि दिएको छ ।’ उनले महिलाहरुमा आएको उर्जा र खुसीले यो परियोजना जिल्लामा ल्याउँदा पाएको दुख बिर्सिएको बताए । त्यस्तै हेफर इन्टरनेशनलका सहायक कार्यक्रम निर्देशक दुर्गा केसीले महिलाहरुको सक्रियता र परिवर्तनले परियोजना अत्यन्तै खुसी रहेको बताए ।
उनले आफुहरु क्षणिक पात्र मात्रै भएपनि यो बिचमा परियोजनाले दिएको सीप र क्षमता भने महिलाहरुको जीवन समृद्धिका लागि दिर्घकालिन हुने बताए । पुरस्कार वितरण कार्यक्रममा ५ नं प्रदेशका सांसद गीता थापा। जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पराजुली अन्य स्थानीय निकायका प्रमुख र उपप्रमुख, परियोजनाका बाख्रा बिकास बिशेषज्ञ डाक्टर लक्ष्मण घिमिरे, परियेजनाको कार्यक्रम अधिकृत सरद श्रेष्ट लगायतको उपस्थिती
रिनन, उनको साथ र हेफरको साथ अहिलेसम्म रहिरह्यो । आज स्वर्णिम प्रतिभा पुरस्कार प्राप्त गर्न सफल भइन् । कमलालाई थिएन, परिवार अहिलेको अवस्थामा आउला र छोराछोरीले बोर्डिङ्ग र क्याम्पस पढ्लान भनेर । ‘मेरो सम्पतिले तीन महिना खान पुगेन, हेफर मेरो भगवान हो,’उनले भनिन,‘चुलो र गरिवीको चपेटामा रहेकी महिला पुरस्कार पाउने स्थानसम्म पुगेँ ।’ कमलाले २०७१ सालमा जनविकास केन्द्र माझाठाटी स्वावलम्बी समुह आबद्ध भएपछि मूल्यमा आधारित आधारशिला साथसाथै समुह व्यवस्थापन, नर्सरी व्यवस्थापन, महिला पुरुष समबिकास, तरकारी खेती, बाख्रापालन, पोषण तथा स्वास्थ्य शिक्षा, प्रजनन स्वास्थ्य तथा एच.आई.भि.सचेतिकरण तालिम प्राप्त गरिन ।
त्यसले उनलाई समुहको उपहारले व्यवसाय गर्ने आँट आयो । परियोजना शुरु भएदेखि हाल सम्म बाख्रापालन व्यवसायबाट १२ वटा बोका, माउ बाख्रा ४ वटा र ४ वटा पाठी बिक्री गरिन् । उनले एक लाख ४३ हजार सात सय ७० आम्दानी गरेकी छन् । सफल भएकी छिन भने बिक्री लागि १ वटा व्याड बोका तयारी अवस्था रहेको छ । भने कार्यक्रम आउनुभन्दा पहिले एउटा मात्रै बाख्रा पाल्ने कमलाको खोरमा अहिले २९ वटा बाख्रा रहेको हेफर इन्टरनेशनका परियोजना संयोजक शरद श्रेष्टले बताए ।
प्रकाशित मिती : ११ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend