logo
  • शनिबार, साउन ३० २०८३

ओएसनेपाल म्युजिक अवार्डको सर्बोकृष्ट लोकपप गीत बिधामा गायक बिरेन्द्र श्रेष्ठको “घर हाम्रो लेकैमा” गीत मनोनयनमा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं ।
बिगत लामो समय देखि नेपाली गीत संगीत र सत्य , तथ्य खबर सम्प्रेसन गर्दै आएको नेपाली अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गर्दै आईरहेको ओएसनेपाल म्युजिक अवार्डको दोश्रो सस्करणको टप ५ का नामावली सार्बजनिक भएको छ । जस्मा सर्बोकृष्ट लोकपप गीतको बिधामा गायक बिरेन्द्र श्रेष्ठको गीत ‘घर हाम्रो लेकै मा ’ मनोनयनमा पर्न सफल भएको छ ।

लोकप्रिय शम्भु राईको संगीतबाट संगीतिक क्षेत्रमा डेब्यु मारेका गायक बिरेन्द्र श्रेष्ठको यस नोमिनेसनमा परेको गीतमा गायक बिरेन्द्रसंगै लोक गायिका देशु शुहाङको पनि आवाज सुन्न सकिन्छ भने यी गीत बाहेक टिका भण्डारीको संगीत, टंक सुब्बाको शब्दमा रहेको `तिम्रो मन् संग आज दिपक शर्माको शब्द, संगीतमा `घर हाम्रो लेकैमा´, अम्बिका गुरुङको शब्द अनि शंकर थापा को संगीतमा आखा लाउछन..  गायक बीरेन्द्र श्रेष्ठ र लोकप्रिय गायिका मेलिना राईले आफ्नो आवाज भरेका छन्।

युरोपको बिश्व बिद्यालयबाट ईन्जिनियरिङ्मा ग्राजुयेड गरिसकि एक सफल ईन्जिनियर भएर बसिरहेका गायक बीरेन्द्र श्रेष्ठ अाफ्नै देशमा सेवा पुर्याउने मनसायले स्वदेश फिर्ता भएँ लगतै नेपालका केही कम्पनिमा काम गरि सकेको छ्न र हाल नेपालको हाइड्रोको बिकासमा काम उनी लागिरहेका छ्न ।

ओएसनेपालको मम्युजिक अवार्डको सर्बोत्कृष्ट लोकपप गायनको मनोनयनमा पर्न सफल गीत “घर हाम्रो लेकैमा” एल्बम सुचिन्दामा समाबेश गीत रहेको छ भने गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ र गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छ्न । देवराज सिग्देलले खिचेको यस गीतको भिडियोलाई हेमन योन्जनले सम्पादन गरेका छ्न।

सुमन योन्जनको निर्देशनमा तयार यस गीतको भिडियोमा द्रीप्ती तामाङ र दिनेश लिङ्लिन्खिमको अभिनय रहेको छ । यस मनोनयनमा पर्न सफल गीतलाई जिताउन चाहनु हुन्छ भने कृपया आफ्नो मोबाइलको मेसेज बक्समा गई OSN 73B टाईप गरि 33001 मा पठाउनु सकिन्छ ।

भिडियो हेर्नुहोस ।


प्रकाशित मिति : १० असार २०७५ 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend