logo
  • शनिबार, भाद्र २० २०८३

दुई पिडितलाई हवाई टिकट सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

करिम बक्स मियाँ, दोहा असार ९।
मकवानपुर मिलन केन्द्र कतारद्वारा दुईजना श्रमिकलाई हवाई टिकट सहयोग गरेको छ । मकवानपुर जिल्लाका बिगत ६ महिनादेखि कतारमा अलपत्र परेका दुईजनालाई सहयोग गरिएको हो। हेटौडा उपमहानगर पालिका ५ का सुबाश राई र बकैया गाउँपालिका ४ का मोहन राईलाई समाजले नेपालसम्मको लागि हवाई टिकट उपलव्ध गराएको समाजका अध्यक्ष रमेश तिवारीले जानकारी गराए।

दोहास्थित नेपाली युनिक रेस्टुरेन्टमा एक समारोहविच टिकट प्रदान गरिएको थियो साथै समाजका संरक्षक तथा मकवानपुर मिलन केन्द्र अन्तराष्ट्रिय संयोजक सरोज पुडासैनीले खादा ओढाई पिदितद्वयलाई बिदाई गरेका थिए।

कार्यक्रममा समाजका प्रमुख सल्लाहकार मिलनध्वज राना लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : ०९ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend