साझा नेटवर्क
हुमाकान्त पाेखरेल, गुल्मी असार ९ ।
गुल्मीको मुसिकाेट नगरपालिकामा नगरपालिका स्तरिय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ । कार्यक्रम हाम्राे जीवन प्लसकाे अायाेजना र एन् ए पिएनकाे सहयाेगमा त्रिभुवन माध्यमिक विध्यालय कुर्घामा सम्पन्न भएकाे हाे ।
“एड्स न्यूनिकरणमा विध्यार्थीहरूकाे भूमिका बिषयमा भएकाे प्रतियाेगितामा नगरपालिका भित्रका १३ विध्यालयका २३ जना विध्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । जसमा युनिक चि्रलिलेन्ट विध्यालयका अस्मिता अर्याल प्रथम, महेन्द्र अादर्श विध्यालयका शाैरभ खराल र दुर्घाभवन माविका अाेम सेन्चुरी द्दितिय, त्रिभुवन माविका खड्ग बहादुर बाेहाेरा तृतिय र दुर्गा भवन माविका इरा खरेल सान्त्वना भएका छन् ।
प्रथम, द्दितिय, तृतिय र सान्त्वनाहनेलाई क्रमश एक हजार, अाठ सय, पाँच सय र तीन सय सहित मेडल र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । भने अन्य प्रतियाेगि सबैलाई नगद दुई सय सहित सम्मान पत्र प्रदान गरिएकाे थियाे ।
पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि मुसिकाेट नगरपालिकाका प्रमुख साेमनाथ सापकोटाले विध्यार्थीहरूकाे प्रतिभा प्रस्फूटनमा सहयाेग गरेकाे भन्दै हाम्रो जीवन प्लसप्रति अाभार प्रकट गरे ।
त्यस्तै उनले एच् अाई भि एड्स लगायतका सरुवा तथा नसर्ने राेगहरूकाे न्यूनिकरणकाे लागि विशेष कार्यक्रम बनाउने बताए । “शिक्षा, स्वास्थ्य लगायतका महत्वपूर्ण विषयहरूलाई नगरपालिकाले प्राथमिकतामा राखेकाे छ ।” उनले भने, ” नगरसभाबाट यी विषयहरू पारित गर्दैछाै ।”
साथै अागामि बर्षदेखि नगरपालिकाले स्वास्थसम्बन्धि विशेष कार्यक्रम बनाउने पनि मेयर सापकोटाले बताए । हाम्रो जीवन प्लस नामक सँस्थाले जिल्ला भरमा एच् अाई भि एड्सकाे पहिचान, एच् अाई भि एड्स सम्बन्धि अाैषधी तथा सल्लाह सुझाव दिने गर्दछ ।
गुल्मी जिल्लामा पनि दुई सय ५५ जना एड्स लागेका ब्यक्तिहरू भएकाे सँस्थाका लक्षित समूह कार्यक्रम संयाेजक बिमल छन्तेलले जानकारी दिए । त्यस्तै एड्ससम्बन्धि जनचेतना फैलाउने उदेश्यले नगरपालिकास्तरिय वक्तृत्वकला प्रतियाेगिताकाे अायाेजना गरिएकाे सँस्थाका जिल्ला प्रमुख सावित्रा ज्ञवालीले बताईन ।
” एड्स राेग विश्वमा नै जटिल बन्दै गईरहेकाे छ, जसलाई न्यूनिकरण गर्नुपर्छ ।” उनले भनिन्, ” जनचेतनाकाे प्रशारण विध्यार्थीबाट सहज हुन्छ ।” प्रतियाेगितामा क्याम्पसका प्रध्यापक महेश्वर घिमिरे, कुर्घा स्वास्थ्य चाैकिका हेल्थ पाेष्ट इन्चार्ज पूर्णकला थापा र सँस्थाकी कर्मचारी अम्बिका अाचार्यले निर्णायकमण्डलकाे भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा मुसिकाेट नगरपालिका ६ का वडाध्यक्ष खड्ग बहादुर खड्का लगायत विभिन्न संघ सस्थाँका प्रमुख तथा प्रतिनिधि, विभिन्न विध्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सँस्थाका विभिन्न कर्मचारी लगायतकाे अातिथ्यता रहेकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend