logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा आगुऔषध सहित दुई जना पक्राउ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी, असार ८ ।
गुल्मीमा आगुऔषध सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । गुल्मीको रेसुङ्गा नगरपालिका १४ घर भई वडा नं ८ मा बस्दै आएका २१ बर्षिय जीवन रजाली र १७ बर्षिय निर्जन बस्नेतलाई लागु औषध नौ चक्की नाइट्रेजापाम र ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो । सदरमुकामको आदर्श चोकमा लागु औषध खाएर लठ्ठीएको अवस्था खोज लतास गर्दा उनीहरुको साथबाट नाइट्रेजापाम र ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक सत्य नारायण यादवले बताउनुभयो ।

दुवै जनालाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भैरहेको छ । लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाहि हुने यादवले जानकारी दिनुभयो ।


प्रकाशित मिति : ०८ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend