साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
कतारमा स्थापना काल देखि नै सक्रिय रहेर विभिन्न समाजिक कार्यहरु गर्दै आइरहेको दाङ देउखुरी सेवा समाज दोहा कतारले महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको छ ।
जिल्लामा रहेका जेहेन्दार तथा पिछडिएका विद्यार्थीहरुका लागि छात्रवृति कोष स्थापनार्थ “तिज विशेष कार्यक्रम” आयोजना गर्ने भएको हो । कार्यक्रम आगामी ७ सेप्टेम्बर २०१८ शुक्रबारको दिन कतारको नज्मा स्थित सालिमार प्लेस रेष्टुरेन्टको हलमा आयोजना हुने भएको छ ।
सोहि कार्यक्रमका लागि नेपालदेखी चर्चित लोक तथा दोहोरी गायिका अ्मृता लामिछाने तथा गायिका कामना ओलि कतार आउने भएका छन । साथै सोहि कार्यक्रममा कतारमा रहेका दङ्गाली तथा गैर दङ्गाली कलाकारहरुको समेत प्रस्तुति रहने भएको छ ।
कार्यक्रममा लागि महिलाहरुलाई प्रवेश नि:शुल्क गराइनेछ भने पुरुषहरु प्रवेशका लागि कतारी रीयाल ४० को टिकट रहेको आयोजक संस्थाका अध्यक्ष बसन्त राज पुरीले साझा नेटवर्क सँगको कुराकानीका क्रममा जानकारी दिए ।
समाजले कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई सोहि कार्यक्रमका दिन कुनैपनि कार्यक्रम नजुधाइ दिन आग्रह गरेको छ ।
रोजगारीको सिलसिलामा कतारमा रहनुहुने दाङ जिल्ला बासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, गैर दङ्गाली, समाजसेवी, बुद्धिजीवी, पत्रकार कलाप्रेमी साथै कतारमा स्थापित सम्पूर्ण संघ संस्थाहरुलाई कार्यक्रम सफल बनाउनका लागि सहयोग गरिदिन अनुरोध गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend