साझा नेटवर्क
साझा नेटवर्क , बुटवल असार ०७।
रुपन्देहीमा दाइजो नपाएको रिसमा कुटपिट गर्दा एक महिलाको ज्यान गएको छ। सिद्धार्थनगर पालिका वडा नं. ६ गल्ला भण्डारमा २४ वर्षिय अप्सना खातुनको उनका श्रीमान अफ्रोज आलमले कुटपिट पछि ज्यान गएको हो ।
यसअघि आलम परिवारले दाइजो र मोटरसाइकल नपाएको भन्दै अप्सनालाई यातना दिदै आएको मृतकका काका उस्मान अलिले बताए । अफ्रोज आलम कर कार्यालयमा अडिटर सहयोगीका रुपमा कार्यरत छन् ।
अफ्रोज आलमको परिवारकै योजनामा अप्सनालाई मारेको माइतिपक्षको आरोप छ ।उनीहरुले घटनाबारे सत्यतथ्य छानबीन गरि चाडै सार्बजनिक गर्न प्रहरीलाई आग्रह गरेका छन् । पोष्टमार्टमको लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा आएका मृतकका भाई जाकिर अलिले ईद मनाउन माईत आउदा समेत दिदि घर फर्कन नमानेको बताए ।
‘हामीले सम्झाएर घर फर्कायौं तर दिदिलाई सबै मिलेर मारे ।’उनले भने । मृतकको मुख र टाउकोमा निलडाम र चोट देखिएको छ । मृतकका काका उस्मान अलिले विहेको २ महिनापछि पति आलमले मोटरसाईकलको माग गरेर छोरीलाई दुख दिएको बताए । सासुससुरा, ३ जना जेठाजु सहितको ठुलो परिवार रहेको मृतक खातुनलाई विहे भएको डेढ वर्षमा धेरै पटक याताना दिदै आएका थिए । सबै परिवार मिलेर हत्या गरेको माईती पक्षको आरोप छ ।
‘सबै परिवार मिलेर कुटपिट गरि हाम्री छारीलाई मारेका छन्,हामीले सत्यतथ्य छानबिन नगरि शब बुझ्दैनौं ।’– काका उस्मानले भने । बुधबार दिउसो पंखामा झुण्डिएरको परिवारले दाबी गरेपनि छिमेकीले भने बिहान घरमा नै कुटपिट गरी हत्या गरेको उनले बताए । खातुनलाई मारेर झुण्डाईएको उनीहरुको आरोप छ । दुखद घटना घट्दा पनि परिवारहरुले भने माइतीपक्षलाई खबर नै नगरी छिमेकीहरुबाट मात्र थाहा पाएको बताए ।
यसअघि विहिबार पनि मृतकका श्रीमान्ले मार्ने धम्कि दिएपछि खातुनले प्रहरीलाई खबर गरेकी थिइन् । तर परिवारले फोन खोसेर लुकाईदिएको माईती पक्षलाई प्रहरीले बताएको हो । ईद मनाउन माईत आएकी मृतक खातुनले आमाबुबालाई मलाई धेरै दुख दिएको गुनासो गरेको र दाईजो मागिरहेको गुनासो गरेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्तागर्न माईती पक्ष गएपनि दर्ता नभएको उस्मानले बताए । यता जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा प्रबक्ता डिल्लीनारायण पाण्डेले घरमै पासो लगाएको अबस्थामा शब फेला परेको बताए । उनले थप अनुसन्धान पोष्टमार्टमपछि शुरु गरिने बताए । साभार नागरिक आवाजबाट
प्रकाशित मिति :०७ असार २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend