logo
  • शनिबार, साउन ३० २०८३

प्रथम मालिका रडिङ्गशिल्ड अर्जे माविको कव्जामा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

टोपलाल अर्याल ,  गुल्मी असार ६ ।
प्रथम मालिका रडिङ्गशिल्ड अर्जे माविले प्राप्त गरेको छ । खेलकुदका विभिन्न बिद्यामा ५८ अंङ्क प्राप्त गर्दै अर्जे मावि उत्कृष्ट बन्न सफल भएको हो ।
त्यस्तै ४३ अंङ्क प्राप्त गर्दै देविस्थान मावि घमिर उपबिजेता बनेको छ । भने ३३ अंङ्कका साथ देविस्थान मावि ह्वाङदीले सान्तोना स्थान प्राप्त गरेको छ । प्रतियोगीतामा बिजेता अर्जे माविले रनिङ्ग शिल्ड, नगद २० हजार, मेडल र प्रमाणपत्र, उपबिजेता देस्थिान मावि घमिरले नगद १२ हजार मेडल र प्रमाणपत्र, सान्तोना हुने देविस्थान मावि ह्वाङदीले नगद आठ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको कल्बका अध्यक्ष प्रकाश पराजुलीले जानकारी दिए ।
प्रतियोगीतामा बिजयी बिद्यालयलाई प्रमुख अतिथी गाउँपालिका अध्यक्ष रित बहादुर थापाले सम्मान व्यक्त गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए । जय अम्बिका युवा क्वल मालिका ६ अर्जेको आयोजनामा प्रतियोगीता अर्जे पोखराबारीमा संचालन भएको थियो । प्रतियोगीतामा गाउँपालिकाका नौ बिद्यालयको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा अन्तर मावि स्तरिय छात्र छात्रा स्तरिय भलिवल, लङजम्प, हाइजम्प, सटफुट र सय मिटर दौड लगायतका खेलहरु संचालन भएका थिए । क्लवका अध्यक्ष पराजुलीको अध्यक्षता रहेका कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देवा अर्याल, प्रमुख अधिकृत लेखनाथ पोखरेल, वडा नं ६ का वडाध्यक्ष शोभाखर गिरी, कांग्रेसकी सिता अर्याल, नेकपाका शेर बहादुर केशी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति :०६ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend