logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको मालिका गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी असार ५ ।
गुल्मीको मालिका गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको संयोजनमा गाउँपालिकाले संचालन गरेका गतिविधी सार्वजनिक गरेको हो । गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले गाउँपालिकाको बजेट, योजना र कार्यान्वयनको बारेमा जानकारी गराए ।
सार्वजनिक सुनुवाईमा गाउँपालिकाका नागरिकहरुले सेवा प्रवाह नागरिक मैत्री नभएको, योजना सम्झौता र भुक्तानी प्रक्रिया झन्झटिलो भएका कारण उपभोक्तालाई सास्ती भएको, शिक्षा क्षेत्रमा थुप्रै समस्या र बजेट भएपनी गाउपालिकामा शाखा नभएको साथै समस्या समाधानमा गाउपालिका उदासिन रहेको, गाउपालिकाको भौतिक प्रगति संतोषजनक नभएको लगायतका बारेमा गुनासो राखेका थिए । स्थानीय मनिराम अर्यालले शिक्षामा जादा सबै गाउँ गयो भन्ने र गाउपालिकामा जादा शाखा नै नभएका आफुहरु सारै अन्यौलमा रहेको गुनासो गरे । त्यस्तै भानुभक्त लम्सालले किसानले गाउपालिकाले कृषकका लागि औसधि खरिद गरेपनी घरसम्म पुग्न नसकेको गुनासो गरे ।

सार्वजनिक सुनुवाई कार्यक्रमको जवाफ दिदैं गाउँपालिका अध्यक्ष रित बहादुर थापाले यो बर्ष पहिलो अनुभव, कानुन निर्माण र व्यावस्थापनका कारण सोचे अनुसार काम गर्न नसकिएको बताए ।

थापाले आफुहरु यो बर्ष सवै कुराले ब्यवस्थित बन्दै गएकाले अबको समय विकास र समृद्धिको बाटोमा अगाडी बढ्ने बताए । उनले आफुहरुले पाँच बर्षमा भनेका बाचा यो बर्ष नै पूरा हुनुपर्ने आशा गरेका कारण बढी दुखी जस्तो देखिएको बताए ।

गाउँपालिका उपप्रमुख देवा अर्यालले आफुहरुलाई जिम्मेवारी धेरै दिएपनी अनुभव तथा कानुन र अरु धेरै जटिलताले न्यायको क्षेत्रमा काम गर्न गाह्रो भएको बताइन ।

गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लेखनाथ पोखरेलले सघियताको कार्यान्वयन, सिक्दै गरेका जनप्रतिनिधि र नागरिकका अधिक आशा र अपेक्षानै यो बर्षको प्रमुख चुनौती रहेको बताए ।

नागरिकका गुनासाको जवाफ गाउपालिका अध्यक्ष थापा,उपप्रमुख अर्याल, प्रमुख प्रसासकिय अधिकृत पोखरेल,आर्थिक बिकास समिती सम्योजक हिरालाल अर्याल, सामाजिक बिकास समिती सम्योजक श्यामलाल गिरि,पुर्वाधार बिकास समिती सम्योजक शोभाखर गिरि लगायतले जवाफ दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष जनार्दन घिमिरे, सचिव टोपलाल अर्यालको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा पत्रकार शिव सुवेदी, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनैतिक दल तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : ०५ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend