साझा नेटवर्क
अनिश शर्मा गैरे , गुल्मी असार ०५।
बाग्लुङको बडिगाड गाँउपालिकाले चर्काे अब्यबस्थापनको आरोप खेप्दै गाउँपालिकालाइ पुर्ण खोप गाँउपालिका घोषणा गरेको छ।
घोषणा सभामा चर्काै अब्यबबस्थापन देखिन्थ्यो । ५ बिद्यालयका बालबालीका, केही महिला स्वास्थ्य स्वयै सेविका तथा केही अतिथिहरुको उपस्थितीम आज बडिगाडलाइ पुर्ण खोप गापा घोषणा गरीयो । ग्वालीचौरका भानु माबि, खार माबि, पौदीटारी निमाबी, वेयलफेयर बोर्डिङ तथा भिमगिठेको बुद्ध माबिका बिद्यार्थीहरुको उपस्थ्तिीमै नेताहरु भाषण सँगै अन्य सांस्कृतिक प्रस्तुतीहरु देखिएका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख बिष्णु प्रुसाद भुषालले गाँउपालिका तथा पालिका भित्रमा कार्यरत स्वास्थ्य संस्थाका कर्मचारीहरुको निकै ठुलो कमी कमजोरी रहेको आरोप लगाए । एउटा सामान्य कार्यक्रम राम्रो सँग ब्यबस्थापन गर्न नसक्ने कर्मचारीले कसरी राम्रो सेवा प्रवाह गर्लान भन्ने उनको प्रश्न रहेको छ ।
नेकपाका प्रतिनिधि शुनील शेरचनले पनि आयोजकको ब्यबस्थापकीय कमजोरी तथा कार्यक्रम प्रति स्थानीय बासिन्दाको कम चासो हुनु निकै ठुलो दुखद कुरा भएको बताए । हुन पनि कार्यक्रममा बजार तथा अन्य स्थानीय बासीन्दाको निकै कमजोर उपस्थिती रहेको थियो । चर्काै गर्मीमा बिद्यार्थीहरुले नाँच देखाइरहेका थिए तर बसाइ ब्यबस्थापन राम्रो थिएन, सबै उपस्थित यत्रतत्र छरीएका थिए । यसको अर्थ गाँउपालिकाले प्रचार प्रसारमा पनि कमजोरी देखाएको प्रष्ट हुन्छ । आगामी दिनमा बिशेष तैयारीका साथ कार्यक्रम गर्न हाम्रो संस्था बडिगाड गाँउपालिका सँग जोडदार माग राख्दछ ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाको अध्यक्षता रहेको थियो भने जिल्ल समन्वय समितिका प्रमुख राजेन्द्र ढुँगानाको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख बिष्णु प्रसाद भुषाल लगायत अन्य निर्वाचित जनप्रतिनिधि तथा स्वास्थ्य क्षेत्रका कर्मचारीको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ढुँगाना, उपप्रमुख भुषाल, ढोरपाटन नगरपालिका प्रमुख देव कुमार नेपाली, जिल्ला खोप फोकल पर्सन बिरेन्द्र चौधरी, नेकपामा शुनील शेरचन, काँग्रेसका पदम बहादुर बिक, जनमोर्चाका भिमलाल पोखरेलले बोलेका थिए ।
अध्यक्ष पाइजाले प्रतिबद्धता पत्र तथा जनस्वास्थ्य शाखा प्रमुख निरन्जन यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार कमल पौडेलले गरेका थिए । बडिगाड गाँउपालिका जिल्लाको ९ औ पुर्ण खोप पालिका बनेका छ । यस पछि नगरपालिकाहरुम घोषणा कार्यक्रम राखी जिल्लालाइ नै पुर्ण खोप घोषणाको तैयारी भइरहेको खोप फोकल पर्सन चौधरीले जानकारी दिए ।
गाँउपालिकामा रहेका २३ महिना सम्मका सम्पुर्ण बालबालीकाहरुले खोप पाएको उपलक्ष्यमा सो घोषणा गरीएको हो । यस भन्दा अघि एक बच्चाले खोप लिन बाँकी भएको कारण घोषणा कार्यक्रम नै रोकीएको थियो । यसैबिच कार्यक्रमकै अवसरमा पालिका भित्र रहेका ७० बर्ष भन्दा माथीका बृद्धबृद्धाहरुलाइ सम्मान समेत गरीएको थियो । आतेजाते खर्च सहित गरीएको आजको सम्मानबाट छुटेका अन्य बृद्धबृद्धाहरुलाइ वडा मार्फत नै सम्मान गरीने जनाइएको छ।
यसैबिच आजै ग्वालीचौर स्वास्थ्य चौकीले इलाका प्रहरी कार्यालय बुर्तिबाङ्मा आउनुभएका नवागत प्रहरी निरक्षक ओमप्रकाश यादवलाइसम्मान गरीएको छ। प्रहरी चौकी ग्वालीचौरका प्रमुख लालमणी भट्टराइका अनुसार चौकीमा बिशेष कार्यक्रमको आयोजना गरी जनप्रतिनिधि, स्थानीय जनताहरुको उपस्थितीम परिचयात्मक कार्यक्रम गरीएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend