logo
  • शुक्रबार, असोज ९ २०८३

रामचन्द्रको ‘अध्यारो’ सर्बजनिक (भिडियो सहित हेर्नुहोस्)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री , गुल्मी असार  ४ ।
लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले नयाँ एकल लोक गीत सार्बजनिक गरेका छन् । लोक दोहोरी क्षेत्रमा मायाँ प्रेमसँगै दोहोरी गीतहरु मात्रै सार्बजनिक हुँने क्रम वढि रहेका बेला गायक चन्दले भने एक लोक गीत ‘अध्यारो’ सार्बजनिक गरेका छन् ।
मायाँ प्रेममा धोका खाएपछी उज्यालो भन्दा अध्यारो मन पर्ने जस्ता कथा भाव गीतमा रहेका छन् । बिष्णु खत्रीको लय शब्द रहेको गीतमा गायक चन्दको एरेन्ज रहेको छ । धेरै जसो माया प्रेममा धोका आएका संयोगान्त यिबोगान्त गीतहरु गाएर चर्चामा रहेका गायक चन्दले पछिल्लो एक लोक गीत पनि धेरै दर्शक श्रोताको मन जित्ने बताए । उनले आफना अधिल्ला एल्बमहरु जस्तै यो गीतलाई पनि धेरै दर्शक श्रोताले मन पराउने बताए ।
गायका चन्दको एकल स्वर रहेको गीतमा सारिका केसी,गन्धिब सुवेदी, दिलिप उपाध्ययको अभिनय रहेको छ । स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको गीतमा शैलि क्रियशनले बजार ब्यवस्थापन गरेको छ ।
 भिडियो सहित हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend