साझा नेटवर्क
करिम बक्स मियाँ, दोहा असार ३ ।
मुस्लिम समुदायको पर्वको अवसर पारेर कतारमा वृहत ईद मिलन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज, कतारद्वारा कार्यक्रम आयोजना गरिएको हो । राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न ईद मिलन समारोहमा नेपाली राजदूताबास कतारका राजदुत प्रोफेसर रमेशप्रसाद कोइरालाको विशिष्ठ उपस्थिति रहेको थियो।
समाजका उपाध्यक्ष अख्तर हुसैन गद्दीले आगन्तुकहरुलाई स्वागत गरेका थिए। समाजका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको अध्यक्षता संचालित कार्यक्रममा कतारमा क्रियाशील संघ संगठन तथा बुद्दिजिवीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्वोधन गर्दै गठवन्धनका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदयको पर्वहरुको विदा कटौतीमा राज्यले हतारमा निर्णय गरेर पछुताएको भन्दै अहिले बिना विदा ईद मनाउनु परेको भएपनि आगामी पर्वमा विदाहरु कायम हुने आश्वासन राज्यले दिएको बताए। उनले भने ‘हामीले राज्यलाई घचघ्च्याउन कुनै कसर बाँकी राखेनौं र राज्यलाई महसुस भएको छ कि मुस्लिम समुदायको विदा कटौती हतारको निर्णय हो’।
मियाँले केहि साथीहरुले आफु आन्दोलनबाट भागेको आरोप लगाएकोप्रति आक्रोश पोख्दै आफु आन्दोलनबाट स्थापित नेता भएको र मुस्लिम अधिकारको लागि सधैं लडी रहने बताए। मियाँले मुस्लिम समुदायको अधिकार काटिनु वा नमिल्नुमा समुदायको पनि कमजोरी रहेको भन्दै सबै एक भएर मुस्लिम मुद्दा स्थापित गर्न लाग्नु पर्ने औल्याए।
नेपाली राजदुताबासका राजदूत रमेशप्रसाद कोइरालाले बिभिन्न धार्मिक कार्यक्रमहरुमा जाँदा आफुलाई शान्ति महसुस हुने र यस्ता कार्यक्रमले सबैमा भाइचाराको संदेश दिने बताए।
नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष समेत रहेका समाजका सल्लाहकार संयोजक करिम बक्स मियाँले सम्व्रिद्दिको नाममा कतै देश चाइना मोडेलमा जाने त होइन भन्ने चिन्ता जाहेर गर्दै त्यसो हो भने सबै जनता बेलैमा सजग रहनु पर्ने बताए।
समाजका अध्यक्ष समारोहलाई समापन गर्दै भने संघीयता आएको भएपनि संघीयताको मर्म कायम नभएको भन्दै मुस्लिम समुदायको अधिकार मासेर कुनै सम्व्रिद्दी न आउने बताए।
कार्यक्रमलाई एनआरएनका पुर्व उपाध्यक्ष नरेन्द्र भाट, एनआरएन एनसीसी कतारका अध्यक्ष नबीन पोखरेल, नेपाली प्रबासी मंचका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका सहमहामन्त्री केदार भुषाल, नेपाली जनप्रगतिशील मंचका अधिवेशन संयोजक रकमध्वज राई अन्तरराष्ट्रिय नेपाली समाज (नयाँ शक्ति)का अध्यक्ष देव परियार, तराई मधेस लोकलोकतान्त्रिक मंच कतारका अध्यक्ष मोहम्मद हुसैन खान लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा बुद्दिजिवीहरुले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा विदा कटौतीको विरोधमा समाजका युवा संयोजक अख्तर अली खानको संयोजकत्वमा मुस्लिम युवाहरुले कालो पट्टी बाँधेर सरकारको निर्णयको सांकेतिक विरोध गरेका थिए ।
सबै रोए: कार्यक्रममा रेगिस्तानी कवि तिर्थ संगम राईले प्रस्तूत गरेको अब्बु अम्मी शिर्षकको कविताले सबैलाई भावुक बनाएको थियो भने अधिकांशलाई रुवाएको थियो।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend