साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार २ ।
नेपाली सेनाले लगाएको घाउमा नेपाली सेनाले नै मलाम लगाएको छ । गुल्मीमा बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले द्धन्दकालमा घटेको घाउमा मलाम लगाउने प्रयास गरेका छन् ।
जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ५ स्थित श्री हरिस्मृति प्राबि बम्घा सौरीमा रहेको बिद्यालयमा सेनानी कार्कीले शैक्षिक सामाग्रीहरु र स्वास्थ्य शिबिर समेत चलाएका हुन् । सेनानी कार्कीले गुल्मीको एक बिद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्रीसँगै बिद्यालयमै निशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेर मलाम लगाउने प्रयास गरेका छन् ।
तत्कालिन समयमा द्धन्दको क्रमममा मृत्यु भएका साबिकको बिरवास गाउँबिकास समितिमा निवासी हरि कँडेल (भोजराज)को स्मृतिमा बि.सं २०६३ सालमा बिद्यालय स्थापना भएको थियो । बिद्यालय स्थापनासँगै निकै कष्टपूर्ण रुपमा सञ्चालनमा आएको भन्ने स्थानियले गरेको आग्रहका आधारमा सेनानी कार्कीले बिद्यालयलाई खेलकुद सामाग्री र शैक्षिक सामाग्रीहरु सहयोग गरेको बताए ।
उनले बिद्यालयमा आर्थिक अबस्था कम्जोर भएका बिद्यार्थीहरुले पढ्दै आएको बिद्यालयमा आर्थिक अबस्था कम्जोर,स्रोतसाधनको कमीले निकै कष्टपूर्ण अबस्थामा सञ्चालन रहेको भन्ने सुनेपछी सहयोगका हात अगाडी बढाएको कार्कीले बताए । कार्कीले बिद्यालयमै रहेका बिद्यार्थीको स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टर सहित औषधी समेत प्रदान गरेका थिए ।
कक्षा ४ सम्म पठन पाठन हुँदै आएको बिद्यालयमा ५२ जना बिद्यार्थीले पढदै आएका छन् । जस मध्ये २८ जना मात्रै दलित बिद्यार्थी रहेका छन् । १ जना राहत दरबन्दी रहेको बिद्यालयमा १ जना बालबिकास सहयोगी र २ जना निजि स्रोतमा शिक्षिकहरुले पठन पाठन गराउँदै आएको बिद्यालयकी प्रधानाध्यापक इन्दिरा ज्ञवालीले जानकारी दिइन् ।
तलबको पुरै रकम सामाजिक कार्यमा खर्चिन्छु
गुल्मी आएको केहि महिनामै सामाजिक कार्यमा जुटेका सेनानी कार्कीले जिल्लाको निम्ती बिभिन्न स्थानमा सामाजीक कार्य गर्ने बताएका छन् । उनले गुल्मीमा रहुन्जेल आफनो तलबबाट आएको रकम पुरै सामाजिक कार्यमा खर्चिने बताए ।
मलाई खाना बस्न सरकारले नै दिएको छ सेनानी कार्कीले भने ‘तलबबाट आएको रमक गुल्मी रहुन्जेल गुल्मीकै सामाजिक कार्यमा खर्चिन्छु ।’ प्रत्येक महिनामा एउटा ठाउँमा सामाजिक क्षेत्रमा सहयोग गर्ने सोच राखेको छु सेनानी कार्कीले भने ‘जिल्लाको निम्ती समाजिक क्षेत्रमा केहि काम गरेर जाने सोच राखेको छु ।’
उनले जिल्लामा आएसँगै सेनाले सामाजिक क्षेत्रमा पनि केहि गर्न सक्छन भन्ने सन्देस दिने खालका कामहरु पनि गर्ने सोचमा रहेको बताए । कार्कीले उक्त बिद्यालयको लागि करिब ५० हजार बराबरको मन्टेश्वरी बिधिबाट पठनपाठन गर्ने सामाग्री माग गरेका केहि दिनमै बिद्यालयलाई दिने बताएका छन् ।
सेनानी कार्कीले बिद्यालयमै पढने गरिब जेहेन्दार बिद्यार्थीको १ देखि उच्च शिक्षा पठन पाठन गराउने गरि अबिभावकत्व लिने समेत प्रतिबद्धता जनाएका छन् । बिद्यालयमा राखिएको निशुल्क स्वास्थ्य शिबिरमा बिद्यार्थीहरुसँगै उनका अबिभावकले समेत स्वास्थ्य परिक्षण गराएका थिए । बिद्यालयमै बिद्यार्थीसँगै निशुल्क स्वास्थ्य जाँच गराउन पाएको खुसि हुँदै स्थानिय अभिवाक मायाँ खत्रीले आयोजकलाई धन्यवाद समेत दिएकी थिइन् ।
शैक्षिक बैठकमा हरिको मृत्यु स्मृतिमा बिद्यालय
०६० सालमा बिरवासको बाख्रेमा हरि कँडेल, कृष्ण पौडेल,शालिग्राम न्यौपाने र सृजना त्रामु लगायतका तत्कालिन माओवादीका नेताहरु शिक्षा क्षेत्रमा बैठक गर्ने क्रममा सेनाबाट घेराउमा परि हरि कँडेलको मृत्यु भएको तत्कालिन माओवादी नेता नारायण पौडेलले बताए । उनले शिक्षा क्षेत्रमा केहि गर्ने सोचले गरिएको बैठकमा मृत्यु भएपछी उनकै सम्झनामा हरि स्मृति स्कुल स्थापना गरिएको पौडेलले बताए ।
तत्कालिन द्धन्दमा मृत्यु भएका ३ जना माओवादी नेताहरुको स्मृतिमा बिद्यालयहरु स्थापना गरिएको उनले बताए । रिडी,बम्घा र बलिथुममा तत्कालिन माओवादी नेताहरुको मृत्युको भएकाहरुको स्मृतिमा बिद्यालयहरु स्थापना भएका थिए । स्थापना बिद्यालयका मध्ये हरि स्मृति बिद्यालय मात्रै सञ्चालनमा रहेको नेता पौडेलले बताए ।
हरि स्मृति प्राबिमा बिरभद्रजंग गुल्मका गुल्मपतिले खेलकुदसँगै शैक्षिक सामाग्री सहयोग र निशुल्क स्वास्थ्य शिबिर राखेकोमा स्थानियले समेत खुसि ब्यक्त गर्दै धन्यवाद दिएका थिए । आर्थिक अबस्था कम्जोर रहेको बिद्यालयमा नेपाली सेनाले गरेको अमुल्य सहयोग प्रति बिद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजबहादुर खत्रीले धन्यवाद दिए ।
उनले बिद्यालय सञ्चालनको क्रममा धेरै समस्याहरु रहेकाले आगामी दिनहरुमा पनि यस्तै सहयोगको खाचो रहेको बताए । कार्यक्रममा रुरु गाउँपालिका ५ का वडा अध्यक्ष हरिप्रसाद ज्ञवाली रुरु गाउँपालिका शिक्षा स्रोत ब्यक्ति बामदेब ज्ञवाली लगायतले बिद्यालयको आर्थिक अबस्था कम्जोर रहेको स्थानमा नेपाली सनोबाट भएको सहयोग प्रति प्रसंसा गरेका थिए ।
उनिहरुले गाउँपालिकाबाट पनि केहि सहयोग स्वरुप एक जना शिक्षकको दरबन्दी थप गरिएकोले पदपूर्ति हुँने क्रममा रहेको बताए । तत्कालिन समयमा जे भएपनि नेपाली सेनाले सामाजिक क्षेत्रमा पनि केहि गर्न सक्छ गर्छ भन्ने सन्देस दिएको स्थानिय अबिभावक चन्द्रकला ज्ञवालीले बताइन् ।
उनले सेनाले बिद्यालयमा गरेको सहयोगले शिक्षा क्षेत्रमा अरु जिल्ला वासीले पनि सहयोग गर्नु पर्छ है भन्ने सन्देस दिएको बताइन् । बिद्यालय स्थापनासँगै हाल पनि बिद्यालयको अफिस कोठामा शिक्षिकालाई बस्नको निम्ती टेबल कुर्चि समेत नभएको बिद्यालयकी प्रधानध्यापक इन्दिरा ज्ञवालीले बताइन् ।
केहि भवनहरु रहेपनि भवनमा प्रयाप्त मात्रमा आबश्यक सामाग्रीहरु,शिक्षक शिक्षिकाको कमी रहेको बताइन् । केहि निजि स्रोतमा राखेका शिक्षिकाहरु पनि निकै थोरै तलबमा पढाउनु पर्ने बाध्यता बिद्यालयमा रहेको प्रधानध्यापक ज्ञवालीले बताइन् ।
उनले कहिलेकाही त निजि स्रोतका शिक्षिकाहरुलाई तिर्नु पर्ने तलबको रकम नहुँदा निकै समस्या आउने गरेको बताइन् । धेरै गरिब जेहेन्दा बिद्यार्थीहरुले पढने बिद्यालय रहेकाले यस क्षेत्रमा राज्यबाट सहयोगको खाचो रहेको प्रधानध्यापक ज्ञवालीको भनाई थियो ।










© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend