logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी इस्माका महिलाहरु सेनेटरी प्याड बनाउन सिक्दै


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

टोपलाल अर्याल, गुल्मी  असार २ ।
गुल्मीको इस्मा गाउँपालिकाका महिलाहरुलाई प्याड बनाउने तालिम दिइएको छ । इस्मा गाउँपालिका पश्चिम नेपाल ग्रामिण खानेपानीका परियोजनाको आयोजना तथा सुआहारा २ को प्राविधिक सहयोगमा तालिम संचालन गरिएको हो ।तालिममा गाउँपालिकाका नौ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले तालिमलाई व्यावहारमा प्रयोग गर्न सके सेनेटरी प्याड उत्पादनबाट आर्थिक व्ययभार कम हुने बताइन् ।सुआहारा २ का वास अधिकृत रामु पराजुलीले हातले बनाउँदा एउटा प्याडलाई दुई घण्टा लाग्छ । एक पटकमा सजिलै सम्झन सजिलो हुने भएकाले अहिले घरमै उत्पादन गरेको एउटा प्याडको मुल्य ५० रुपैयाँ छ ।

बजारमा पाइने एक प्याकेट प्याडको मुल्य एक सय ४५ रहेको छ । तर बजारको प्याड पुन प्रयोग नहुने र व्यावस्थापनमा समेत गाह्रो हुने भएकाले पुनः प्रयोग र व्यावस्थापनको हिसावले गाउँमै उत्पादन गरेको प्याड बढि उपयुक्त रहेको अधिकृत पराजुलीले बताए ।

साथै प्याड बनाउने तालिम लिएकी इस्मा गाउँपालिका ४ की कमला बस्नेतलले पुन प्रयोग गर्न सकिने भएकाले आफुहरुलाई अझ सजिलो भएको बताइन् । उनले गाउँका सवै आमादिदि बहिनी र बुहारीसम्मलाई यो तालिम आवश्यक रहेको बताइन् ।

यो क्रियाकलापको प्रमुख उदेश्य भनेको समुदायमा महिनावारीको बेलामा प्रयोग गरिने घरेलु प्याड स्थानिय स्तरमा नै उत्पादन र विक्रि वितरण गर्ने रहेको गाउँपालिकाका वास संयोजक हरि प्रसाद घिमिरेले बताए ।

यो तालिमलाई अझ उपलब्धि मुलक बनाउन सके स्वस्थ समुदाय निर्माण गर्न सहयोग गर्नुका साथै आयआर्जनको अवसर सिर्जना गर्न समेत सकिने घिमिरेले बताए ।


प्रकाशित मिति : ०२ असार २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend