साझा नेटवर्क
नेपालगञ्ज, असार २ ।
नेपालगन्जमा मुस्लिम समुदायमाथि प्रहरीले हस्तक्षेप गरेको छ । प्राप्त सुचना अनुसार प्रहरी हस्तक्षेपको पछाडी सरकारका एक मन्त्रीको हात रहेको जानकारी प्राप्त भएको छ।
शान्तिपुर्ण विरोध गर्न पाउने जनताको अधिकारमाथि प्रशासनिक हस्तक्षेप गर्न सरकारका मन्त्री इश्तेयाक राईले बाँके जिल्ला प्रशासनलाई आदेश दिएको खुल्न आएको छ।
नेपाल सरकारले मुस्लिम समुदायको पर्व(ईद,बक्रईद र रब्बिउल औवल)को विदा कटौती गरेको विरोधमा इदगाहमा सरकारको निर्णयको विरोध जनाउँदै व्यानर राखेका थिए।
शान्तिपुर्वक विरोध जनाउँदै त्यहाँका मुस्लिम समुदाय ईदको नमाज कायम गर्ने तरखर गर्दैगर्दा प्रशासनले हस्तक्षेप गरेको थियो भने मुस्लिम अगुवा अब्दुल हमीद र मेराज अहमदलाई पक्राऊ प्रयास समेत गरेको थियो।
विरोध स्वरुप राखिएको व्यानर प्रहरीले हटाउने प्रयास गर्दा झडपको अवस्था समेत सिर्जना भएको मुस्लिम अगुवा मेराज अहमदले जानकारी दिए। उनले भने ‘मुस्लिम युवाहरु आक्रोसित भए लगत्तै प्रहरी पछी हट्न बाध्य भयो’।
कपिलबस्तुमा प्रहरीले समुदायमाथी कडा निगरानी राखेको र नियमित रुटिन चेकिंगको नाममा मुस्लिमहरुलाई खानतलासी गरेको मुस्लिम अगुवा हजरत अली खानले जानकारी दिएका छन्।
त्यसैगरी सरकारको विदा कटौतीको विरोधमा स्याङ्जामा ईदको नमाज लगत्तै त्यहाँका मुस्लिम समुदायले विरोध र्याली निकाल्नुको साथै कोणसभा गरेर आफ्नो विरोध जनाएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend