साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार जेठ ३१।
मुस्लिम धर्मालम्बीहरुको पवित्र महिना रमजानको समापनपछि पर्ने महत्वपुर्ण तथा ठूलो पर्वको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “ईद मिलन” कार्यक्रमको आयोजना गर्ने भएको छ । मुस्लिम समुदायहरुको पवित्र महिना रमजानको समापन सँगै सो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय मुस्लिम संघर्ष गठवन्धनका अध्यक्ष जनाव समिम मियाँ अन्सारीको प्रमुख आतिथ्यतामा सम्पन्न हुन गई रहेको “ईद मिलन” समारोह समाजको पहिलो “ईद मिलन” कार्यक्रम रहेको समाजका अध्यक्ष मो. मुक्तादा मुसलमानले साझा नेटवर्कलाई बताए ।
समाजले दोहामा स्थापित संघसंस्था, मुस्लिम समाज, मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार, मिडियाकर्मी र समाजका विभिन्न अग्रज व्यक्तित्वहरुलाई निमन्त्रणा गरेको छ ।
हिजरी सम्वतको नवौं महिनामा पर्ने रमजान महिनाभर विश्वका मुस्लिम समुदायले आत्मीय शुद्धता एवं भातृत्व बिकासका लागि एक महिने कठोर व्रत राख्ने परम्परा रहँदै आएको छ । सोहि व्रत समापन भएको अर्को दिन देखि ३ दिनसम्म ईद पर्व मनाउने चलन रही आएको छ ।
आगामी १६ जुन २०१८ शनिबारका दिन कतारको नज्मा स्थित शालिमार प्यालेस रेष्टुरेन्टको सभा हलमा आयोजना गरीएको कार्यक्रम स्थानीय समयानुसार दिनको १ बजेबाट सुरुहुने समाजका प्रमुख सल्लाकार करिम बक्स मियाँले साझा नेटवर्क सँगको कुराकानीका क्रममा जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend