logo
  • आइतबार, असोज ११ २०८३

गोल्डेन फ्युचर एकाडमीमा दुइदिने शिक्षक प्रशिक्षण सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, जेठ २८ ।
गोल्डेन फ्युचर एकाडमी वामीटक्सारमा शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरीएको छ । आइतबार र सोमबार गरी दुइ दिन सम्म शिक्षकहरुलाइ शिक्षण पेशालाइ कसरी ब्यबस्थित, मर्यादित र बिद्यार्थी केन्द्रित कसरी बनाउने भन्ने बारेमा प्रशिक्षण प्रदान गरीएको हो ।दुइ दिनसम्म सञ्चालन भएको तालिममा शैक्षिक तालीम केन्द्र पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्याल, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्याक रामनाथ न्यौपानेले प्रशिक्षण दिएका थिए ।

बिद्यालयका अध्यक्ष महेश बहादुर जिसीको अध्यक्षता रहेका थियो भने शैक्षिक तालीम केन्द्र पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्यालको प्रमुख आतिथ्यता रहेको थियो भने त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका उपप्रध्याक रामनाथ न्यौपानेको बिशिष्ट आतिथ्यता रहेको थियो ।

त्यसैगरी बिद्यालयका उपाध्यक्ष सुदर्शन शाक्य, कोषाध्यक्ष गोपिकृष्ण खरेल, बिद्यालयका प्रअ रामु तिवारी, सदस्यहरु दिनेश खाती, अग्नीधर लोहनी, अनन्तलाल भण्डारी, राजन सापकोटा, लक्ष्मण फुल्लेल, श्रीकृष्ण सापकोटा लगायतको उपस्थिती रहेको थियो भने प्रशिक्षकहरुलाइ माया चिनो सहित सम्मान गरीएको थियो भने सञ्चालन शिक्षक हेमन्त घिमिरेले गरेका थिए ।

कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक रामु तिवारी, प्रशिक्षार्थीहरुको तर्फबाट साबित्रा भण्डारी तथा मनोज केसीले मन्तब्य राखेका थिए ।

उदघटन सत्रको आइतबारको कार्यक्रममा मुसिकोट नगरप्रमुख सोमनाथ सापकोटा, शिक्षा बिभाग प्रमुख अमर केसी लगायतले उपस्थिती जनाएका थिए ।


प्रकाशित मिति : २८ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend