साझा नेटवर्क
बिमल खड्का, काठमान्डौ जेठ २८ ।
पश्चिम बागलुङको समग्र विकास र जनचासोका विषयमा बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको एक टोलीद्धारा आज काठमाडौंमा वृहत छलफल भएको छ । राज्यको सहज पहुँच नपुगेको पश्चिम क्षेत्रको विकास निर्माणमा चासो राख्दै संघले सरोकारवालावीच यसखालको छलफल गर्नु परेको उधोग वाण्ज्यि संघ इकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले बताए ।
पहिलो पटक बुर्तिबाङमा महोत्सव सञ्चालन गरि व्यवसाय प्रवर्दनमा टेवा पुग्ने काम गरेको संघले पश्चिम क्षेत्रमा पर्यटन प्रवद्र्धन, निर्यातमा जोड दिई आय अर्जनको बाटो देखाउन संघले जिम्मेवारी लिने भन्दै अध्यक्ष शर्माले, सबैको चासो र चिन्तन त्यस क्षेत्रमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै बागलुङ जिल्ला क्षेत्र नं. २ का माननीय साँसद देवेन्द्र पौडेलले, निजीक्षेत्र र सरकार मिलेर काम गर्नुपर्ने बताए । देश अब राजनैतिक गतिरोध पारगर्दै आर्थिक सम्पन्नताको युगतर्फ होमिएको भन्दै उद्यमी, व्यवसायी, विषय विज्ञ सहितको क्षमता देश निर्माणमा जुटाउनु पर्ने साँसद पौडेलको भनाई थियो ।
आफुले राज्यका तर्फबाट योजना निर्माण र कार्यान्वयनमा जोड दिने भन्दै साँसद पौडेलले, संघीय संरचना अनुसार प्रदेश सरकार तथा स्थानीय सरकारको पहलमा पश्चिम बागलुङको विकासमा सक्रियता आवश्यक रहेको बताए ।
यसैबीच ग्लोवल आइएमइका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढकालले, निजी क्षेत्रबाट गर्नुपर्ने काममा आफ्नो संस्था तथा व्यक्तिगत ढंगले सधै सकरात्मक तथा रचनात्मक सहयोग हुने बताएका छन् ।
बागलुङको पश्चिमबाट काठमाण्डौमा आएर त्यहाँको विकास निर्माण तथा व्यवसाय प्रवर्दनका विषयमा चासो व्यक्त गर्दै यस खाले कार्यक्रम आयोजना गरेको भन्दै उनले संघको कदमको प्रशंसा समेत गरेका थिए ।
यस अधि बैशाख महिनाका पश्चिम क्षेत्रका ४ वटै स्थानीय पालिकाले संयुक्त सहयोग र सकरात्मक पहलबाट संघले महोत्सव सम्पन्न गरेको भन्दै, संघका महासचिव रामनारायण सुवेदीले, व्यवायिक हितका लागि संघले वृहद योजना ल्याउने, संघलाई स्वतन्त्र संस्थाका रुपमा स्थापित गर्ने, त्यस क्षेत्रको पर्यटक व्यापारका योजनाहरु स्थानीय पालिका, राज्यका विभिन्न निकाय र निजी क्षेत्रको सहकार्यमा अघि बढाउन संघ तत्पर रहेको बताए ।
कार्यक्रममा पर्यटन क्षेत्र विषय विशेषज्ञ डा. प्रेम शर्मा, डा. काशीराम कुवँर, बागलुङ जिल्ला क्षेत्र नं. १ का साँसद डा. सुर्य पाठक, सामाजिक व्यत्तित्व खिम घर्तिमगर, झक शर्मा, संघका उपाध्यक्ष निमलाल पाण्डे, सचिव घनश्याम शर्मा, सदस्य ज्ञान प्रसाद कँडेल, सल्लाहकार ऋतुवर्ण पौडेल, टंक पौडेल लगायतले आ आफ्नो धारणा राखेका थिए । 


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend