साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ २८ ।
गुल्मीको मालिका गाउँपालिकाले नेपाली मौलिक लोक गीत संगीतको जगेर्ना गर्न मालिका लोक राता संचालन गरेको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा तुल्सी स्मृति युवा क्लबले मालिका ताराको पहिलो छ्नोट सकेको छ ।
क्लबले दुई स्थानमा पहिलो चरणको छनोट सकेको छ । शुक्रबार मालिका गाउँपालिका वडा न १,२ र ३ को नेटा दर्लिङ र ४,५,६,७ र ८ वडाको घमिरमा पहिलो छनोट सकिएको क्लबक अध्यक्ष दिपेन्द्र घर्तिले जानकारी दिए । नेटा दर्लिङबाट १२ जना र घमिरबाट ५ जना मालिका ताराको फाइनल चरणमा प्रबेश गरेको घर्तिले जानकारी दिए ।
१७ जनाले २ असारमा अर्खबाङमा मालिका ताराका लागि प्रतिस्पर्धा गर्नेछन । मालिका तारा बन्नेले नगद १५ हजार र प्रमाणपत्र, उपताराले नगद १० हजार र प्रमाणपत्र साथै सान्त्वना हुनेले ५ हजार र प्रमाणपत्र पाउने क्लबले जनाएको छ ।
मालिका ताराको पहिलो चरणको अडिसनको दर्लिङ्मा लोक दोहोरी प्रतिस्ठान गुल्मीका वरिष्ठ उपाध्यक्ष तुलसिङ रनपछाइ र घमिरमा सचीव बसन्त खत्रीले निर्णायक मण्डलको भुमिका निर्बाह गरेका थिए ।
कार्यक्रम क्लबका अध्यक्ष दिपेन्द्र घर्तिको अध्यक्षता, वडाअध्यक्ष बेद प्रसाद पन्थिको प्रमुख आतिथ्यता र क्लब सचीव तेजेन्द्र कुमार घर्ती मगरको सन्चालनमा सम्पन्न भएको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend