साझा नेटवर्क
कमल पौडेल, वागलुङ जेठ २७।
गल्कोट नगरपालिका वडा नं. ११ रिघा फेंदीमा लिफ्टीङ खानेपानीको उद्घाटन गरिएको छ। जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले खानेपानीको उद्घाटन गर्दै जनताको आधारभूत आवश्यकता संगै सम्वृद्धिको लक्ष्यमा आफूहरु लागि रहेको वताउनु भएको छ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी भिम वहादुर कुँवर, जिल्ला समन्वय इकाईका आइटी अफिसर नारायण पौडेल लगाएतले वोल्नुभएको थियो । कार्यक्रम योजनाका अध्यक्ष रिम वहादुर रानाको अध्यक्षता, गल्कोट नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष डम्बर वहादुर श्रीसको स्वागत मन्त्व्य तथा संचालन स्थानिय रिघा फेंदी प्राविका प्रअ झलक थापा कुमालको संचालनमा सम्पन्न भएको थियो।
गल्कोट नगरपालिकाको २ लाख सहयोग तथा स्थानियको नगद तथा श्रम गरि १ लाख ९० हजार र पिपलडाँडा सामुदायीक वन उपभोक्ता समितिको १० हजार गरि कुल ४ लाख लगानीमा सो योजना सम्पन्न भएको हो।
दरमखोला मा रहेको डल्लेरह नजिकैको मुहानमा ८ हजार लिटरको ट्यांकी निर्माण गरि १६० मिटर माथि घर्तियादीमा २० एमएमको पाइपमा पानी फालिएको र त्यहाँ १९ हजार लिटरको रिजर्व ट्यांकी निर्माण गरि घरघरमा पानी पुर्याइएको झलक थापा कुमालले जानकारी दिनुभएको छ।
अहिले तत्कालको लागी ९ घरमा र छिट्टै ४० घरमा पानी पुर्याइने कुमालले वताउनु भयो । योजनामा प्रत्येक घरमा धारा निर्माण गरिएको छ । सो पानी घरमा आउँदा निकै खुसिलागेको स्थानिय कुल वहादुर रानाले वताउनु भएको छ।
तलको पानी माथि गएको नदेखेका स्थानिय तल खोलावाट घरै पानी आएपछि दंग परेका छन्। राना कुमाल समुदायको मात्रै वसोवास रहेको सो वस्तिका वासिन्दा विगतमा खोलावाट पानी वोकेर पिउने गरेका थिय ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend