logo
  • शनिबार, साउन ९ २०८३

अनेसास नवोदितको ८२औ डबली सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

दीलिप पराजुली, कतार ।
अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज कतार च्याप्टर र नबोदित साहित्यिक वाचनालय कतारको नीयमित वाचन सृंखलाको ८२औं डबली सम्पन्न भएको छ । दोहाको नज्मा स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा सम्पन्न उक्त डबलीमा बिशिस्ट श्रोताको रुपमा लामो समय देखी कतारमा रहेर नेपाली समाज र कतार सरकारको माथिल्लो तहसम्म समन्वयको भूमिकामा काम गर्दै आएका रमजान अलि मियाँ रहेका थिए । कार्यक्रममा करिब तीन दर्जन कविता तथा गजल वाचन गरिएका थिए ।

नारायण निर्जल भण्डारीको गजलबाट तोकिएको समयमा शुरु भएको कार्यक्रममा शेखर बस्नेत, सागर भण्डारी, निश्चल आशु घायल, अनिल परिबर्तन, उमेश भट्टराई, बुद्धराज राई, टिका खड्का, सुरेशमान रुम्बा लामा, प्रेम प्रसाद भट्टराई, ईश्वर राई, चक्र कार्की, मदन चौहान, स्वतन्त्र नेपाल, श्यामराज रानाभाट, मणि पौडेल, दीलिप पराजुली र लेख कार्कीले दमदार गजल वाचन गरेका थिए भने दीप मिलन, खेम राज सुबेदी, बिश्व बन्धु थापा, बिनोद खड्का, बेचन महतो, रुप रसाइली, माया के.सी., तिर्थ संगम राई र सिताराम थापाले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सर्जक तिला लेकालीको हाइकु संग्रह झ्याउकिरी झंङ्कृत लाई नियम भुजेलले उपलब्ध गराएर सहयोग गरेका थिए । करिब दुई घण्टा चलेको डबली एकदम साहित्यमय भएको देखिन्थ्यो। डबलीमा पुर्व बिशिस्टहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । नेपाली कला र सस्कृति झल्किने गरी बनाइएको हलमा कार्यक्रम गर्न पाउदा नेपालमा नि भएको अनुभब गर्ने गरेको सुनाउछन नबोदित साहित्यिक वाचनालय कतारका सदस्य तिलु शर्मा पौडेल।

कार्यक्रमलाई कार्यक्रम अबधि भरी सभ्य अनि शिष्ट तरिकाले संचालन गरेका थिए । अनेसास कतारका महासचिब मणि पौडेलले भने अन्त्यमा बिशिस्ट श्रोता मियाले कार्यक्रम एकदम राम्रो भएको बताउदै प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यलाई माया गरेर यहाँ सम्म ल्याउने सम्पुर्णलाई हार्दिक धन्यबाद प्रकट गरे ।

मियाँले बिभिन्न भाषामा (नेपाली, उर्दु, हिन्दि र अरबिक) गरी तीन दर्जन भन्दा कृति सार्बजनिक गरिसकेका छन् । दोहामा पनि साहित्यको निकै चर्चा चलेको उनि बताउछन । गल्फको अरबी साहित्यको केन्द्र भनेर कतारलाई चिनिने गरेको छ ।

साहित्य भनेको समुन्द्र हो त्यसको गहिराईमा पुग्ने साहित्यकार हो र साहित्य जस्तो पवित्र बिषय अरु नभएको बताउदै साहित्य बारे प्रस्ट पारेका थिए । दोहामा पनि बिभिन्न भाषामा साहित्यिक जमघट हुने गरेको र त्यसमा नेपाली साहित्यलाई मिसाउन कतार सरकार समक्ष अनुरोध गर्न पहल गर्ने बताउदै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend