logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा पहिलोपटक नेपाली क्लव गितको छायाँकन


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, कतार ।
निकै भब्य तरिकाले सजाइएको आकर्षक सेट, केहि टेबलमा मादक पर्दाथ पिउन बसेका युगल जोडीहरु । कोरसमा नाच्न तयार दर्जन युवाहरु र अग्र पंक्तिमा आकर्षक जिउडालका सुन्दर युबायुबतिले कम्मर मच्चाईरहेका र निकै जोसिलो काम गराई ।

यो सबैलाई आफनो इशारामा नचाउदै थिए भुपेन्द्र रिखाम मगर । र दृश्य थियो रमेश राज भट्टराइको आउदै गरेको नया CLUB SONG को । यस्तो रमाइलो नजारा देख्न मिल्यो बिहिबार साँझ दोहाको अति व्यस्त मार्केटमा पर्ने शुक भित्र रहेको होइराइजन होटलको क्लब हलमा ।

उत्कृस्ट तबरले सजाइएको उक्त हलमा पस्ने बित्तिकै के भैरहेको छ यहाँ भनेर सोच्न बाध्य भैन्थ्यो । बहुला गित गायर अत्याधिक चर्चामा आएका भट्टराइको यो CLUB SONG लाई प्रबासमा आफनो कार्य व्यस्तताबाट मिलाइएको समयलाई मेहनतका साथ सबै जनाले सदुपयोग गरि सुटिंग गरेका हुन ।

CLUB SONG मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ, ओई कान्छी तिम्रो नजरैले मार्यौ, तिम्रै रुपले पागल भाछु म त आजभोली, मुटु छेड्ने रहेछ तिम्रो नजरैको गोलि, मलाई माया जालमा पार्यौ तिमि तिरै सार्यौ, मलाई एकोहोरो टोलाई रहने पार्यो जस्ता मार्मिक शब्दले सजिएको छ ।

केशब भट्टराइ, डीबी भट्टराइ, रबिना क्षेत्री ,म्याक्स नेपाल, राजु रोका लक्ष्मण श्रेष्ठ प्रकास न्यौपाने लगायतले अभिनय गरेको डिस्को थिमको गीतमा नेपालि कलाकेन्द्र कतारका दर्जन भन्दा बढी कलाकारहरुले भरपुर साथ् दिइरहेका थिए ।

सजिरपापा (इन्डियन)को छायांकन रहेको गीतलाई भुपेन रिखाम मगरले निर्देशन गरेका हुन् ।


प्रकाशित मिति : २६ जेठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend