logo
  • आइतबार, असोज ११ २०८३

स्थानिय भन्छन् छिट्टै नियमित उडान होस्


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री ,गुल्मी जेष्ठ २६ ।
गुल्मीको सिमीचौरमा एक दशकदेखि निर्माणाधीण अवस्थामा रहेको रेसुङ्गा विमानस्थलमा परिक्षण उडान सम्पन्न गरेको छ । निर्माण कार्य शुरु भएको झण्डै १२ वर्ष पछि शुक्रवार तारा एअरको बिमानले धुले परिक्षण उडान गरेको हो ।
रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर थालेमाले स्थित रेसुङ्गा विमानस्थलमा शुक्रवार तारा एअरको नाइन वान अल्फा किलोइको साइनको विमानले परिक्षण उडान गरेको थियो । परिक्षण उडानका लागि पोखराबाट आएको तारा  एअरको विमानमा चालक दलका सदस्य सहित ९ जनाको टोली सवार थिए ।कुल १८ जना यात्रु अटने वमिानको उडानमा क्याप्टेनहरु सन्तोष शाहा,प्रभाकरप्रसाद घिमिरे,डिआर निरौला, सब इन्जिनियर नारायण गिरी,पोखरा बिमानस्थल प्रबन्धक निर्देशक भोला प्रसाद गरागाई, तारा एअर पोखरा म्यानेजर राम लाकिछाने,पलाइट डिस्पोजर सुमन बराल, इञ्जीनियर रमित केसी, राजेन्द्र केसी सबार थिए ।

शुक्रवार बिहान ९ बजेर ३० मिनेटका लागि परिक्षण उडानको सयम निर्धारण गरिएपनि मौषम प्रतिकुलताका कारण दिउँसो अपरान्न ४ बजे तिर मात्रै हवाई जहाज आउन सफल भएको थियो । परिक्षण उडान कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, नेपाल नागरिक उड्यान प्राधिकरण प्रमुख सञ्जीव गौतम, शसस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल,उद्योग बाणिज्य संघ केन्द्रिय अध्यक्ष चन्द्र ढकाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमम परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गुल्मेलीहरुको दशकौको जहाज चढने सपना पुरा भएको बताएका थिए ।
उनले गुल्मेलीहरु अब ४५ मिनेटमा गुल्मीबाट काठमाडौ पुग्न सक्ने बताए । गुल्मेलीहरुसँगै म पनि खुसि छु मन्त्री ज्ञवालीले भने ‘तत्कालिन संस्कृति तथा पर्यटन मन्त्री हुँदा आफुले मन्त्री बनेको एक महिनामै शिलान्यास गरेको थिए र अहिले पनि नेपाल सरकारको मन्त्रालयमा रहदा यसको शुभारम्ब गर्न पाए ।’ ‘म त केबल पात्र मात्रै हुँ’ मन्त्री ज्ञवालीलले भने यसको सबै शेर्य गुल्मेलीहरुको देन हो मन्त्री ज्ञवालीले भने ‘अब गुल्मी एउटा नमूना पर्यटकिय गनतब्य हुनेछ ।’
मन्त्री ज्ञवालीले गुल्मीको शिरमा रहेको रेसुङ्गा र रुरुसँगै दर्जनौ धार्मिक तथा पर्यटकिय महत्व बोकेका क्षेत्र छन् त्यसका यसले महत्वपूर्ण भूमिका निर्वाह हुने बताए । विमनस्थल शुभारम्ब भएसँगै गुल्मीमा बाहय पर्यटन वढनुका साथै आर्थिक समृद्धिको ढोक बलियो बन्दै जाने मन्त्री ज्ञवालीको भनाई थियो ।

धुले परिक्षण उडान त भयो मन्त्री ज्ञवालीले भने ‘गुल्मीबाट धेरै सम्भावना छ त्यसैले यसको कल्पना गरिएको हो अब यसलाई निरन्तरता दिन पुरा गर्नु पर्ने काममा आफुले पहल कदमी खेल्नेछु ।’ उनले गुल्मी जिल्ला ठूला राजमार्गले पनि छोएकाले अब विमानस्थल सञ्चालनमा आएपछी यसले धेरै थप गुल्मीलाई चम्काउ बताए । बिमानस्थल केवल यात्रु बोक्ने मात्र नबनाई पर्यटकिय प्याकेजको रुपमा बिकास गर्न खोजिएको मन्त्री ज्ञवालीको तर्क थियो ।

परिक्षण उडानपछी तारा एअरका चालक दलका क्याम्पटेनहरुले पानी परेको समय बाहेक अन्य समयमा उडान गर्न सकिने बताएका थिए । उनिहरुले पोखराबाट २२ मिनेटको अन्तारालमा गुल्मीको सिमीचौर बिमानस्थल अबतरण गर्न सफल भएको बताएका थिए । विमानस्थल निर्माण सुरु गरिको धेरै समय भए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको थिएनन् । पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि गत वर्षको दसैँसम्म धुले उडान गर्न सकिने भनिए पनि हुँन सकेको थिएन् । विमानस्थल निर्माण कार्य अन्तिच चरण पुगेर परिक्षण उडानको हुने अबरले गुल्ममेलीहरुको जहाज चढने सपना पुरा हुने आशा पलाएको छ ।

परिक्षण उडान हेर्न गुल्मी जिल्लाका बिभिन्न स्थानबाट सर्बसाधरणको बाक्लो उपस्थिती रहेको थियो । शुक्रवार बिहानै देखि सिमसिम पानी परेतापनि उडान हुँने खबरपाएपछी गुल्मी लगायत छिमेकी जिल्लाहरुबाट पनि सर्बसाधरणको उपस्थिती रहेको थियो । विमान सिमीचौरमा अबतरण भएसँगै हेर्न पुगेका सर्बसाधरणले केहि बेर अस्तव्यस्त नै बनाएका थिए ।

खुसी साटदै विमान हेर्न पुगेका कतिपय स्थानियले त छोएरै फोटो खिचाउने भन्दै लामो समय सम्म फोटो लिनेहरुको भिड थियो । विमान अबतरण पश्चात स्थानिय वासीलाई केहि बेर खटिएक नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत हम्मे हम्मे पारेर हेर्नेहरुको तातिनै लागेको थियो । विमनस्थलमा शुक्रवार नेपाल प्रहरी र शसस्त्र प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएर नागरिकहरुलाई हेर्नको निम्ती सहज बनाएका थिए । पहिलो पटक विमान आएकाले खुसीले सर्बसाधरणहरु हर्षीत मुद्रामा थिए ।

विमानस्थल निर्माणका लागि सुनील समीर निर्माण सेवाले काम गरिरहेको छ । विमानस्थल निर्माण लागि हालसम्म झण्डै १४ करोड १७ लाख ८० हजार रुपैयाँ खर्च भईसकेको समितिले जनाएको छ । कुल खर्च मध्ये ९० लाख १२ हजार रुपयाँ निर्माधिन विमानस्थलमा पर्ने जग्गा धनिलाई मुआब्जा दिइएको रेसुङ्गा बिमानस्थल समितिका अध्यक्ष मधुकृष्ण पन्तले बताए ।

५ सय ६० मिटर लम्बाइ भएको धावनमार्ग ५० मिटर चौडा रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने सिमिचौरस्थित थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारी सकिएको छ । विमानस्थलको ७८ रोपनी १० आना भन्दा क्षेत्रफल रहेको छ । कुल क्षेत्रफल मध्ये करिब ५६ रोपनी सार्वजनिक जग्गा छ । निर्माधिन विमानस्थलमा हाल सम्म ४६ जना घरधुरी तथा जग्गा धनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको रेसुङ्गा बिमानस्थल समितिका अध्यक्ष पन्तले बताए ।

विमानस्थल नियमित सञ्चालन भएपछि जिल्लाको पर्यटन प्रवद्धनमा टेवा पुग्ने गुल्मीमा ट्राभल एजेन्सी सञ्चालन गर्दै आइरहेका जनक पन्थले बताए । उनले जति सक्दो छिटो नियमित सञ्चालनमा ल्याएर गुल्मी जिल्लाको ऐतिहासिक धार्मिक तथा पर्यटकिय क्षेत्रमा धेरै पर्यटकहरु भित्रिने बताए । गुल्मीबाट नियमित जहाज शुरु भए वर्षातको समयमा बुटवल नजिकै रहेको सिद्धबाबाको पहिरोको जोखिममा यात्रुलाई झेल्नु नपर्ने रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालले बताए ।

सिद्धबाबामा विर्षातको समयमा निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था गुल्मेलीहरुको लागि छ वडा अध्यक्ष अर्यालले उनले भने ‘अब बिमानस्थल सञ्चालनमा आए बैकल्पीक मार्गको रुपमा फाइदा लिन सकिनेछ ।’ उनले नियमित जहाज सञ्चालन गर्न सके गुल्मी लगायत छिमेकी जिल्लाहरुका नागरिकहरुलाई सहज हुँने बताए । बिमानस्थल सञ्चालनका लागि यात्रुहरुको अभाबहुने प्रसङग चलिरहेका बेला रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले यात्रुको अभाब नहुने बताउदै बरु पहिलेनै टिकट बुकिङ गर्नुपर्ने अबस्था सृजना हुने दाबी गरे ।

गुल्मी जिल्लाबाट बिमानस्थल सञ्चालनमा ल्याउनु जिल्लावासीको निम्ती अत्यन्तै सुखद छेड रहेको बताउँदै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले भने ‘जिल्लाको पर्यटन प्रर्बद्धनमा त टेवा पुग्छ नै यहाँका नागरिक बिरामी पर्दा तुरुन्त भनेको ठाउँमा पुग्न सजिँलो हुनेछ ।’ कतिपय अबस्थामा अत्यबश्यक सेवा लिन महङ्गो पैसा खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने अबस्था थियो अध्यक्ष पाण्डेले भने ‘तर बिमानस्थल सञ्चालनमा आए थोरै पैसाले धेरै सुबिधा पाउन सकिने भयो ।’ उनले अब छिट्टै नियमित उडान सञ्चालनमा ल्याउनको लागि आपश्यक पर्ने सबै सम्रचना तयार गर्न आग्रह समेत गरे ।

रेसुङ्गा बिमानस्थल नियमित सञ्चालनमा ल्याउन सके जिल्लामा रहेका रेसुङ्गा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुमा धेरै पर्यटकहरु ल्यान सकिने नेपाल पत्रकार सहासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताए । उनले जिल्लामा धेरै पर्यटकिय क्षेत्र रहेकाले त्यसको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका रहने बताए ।

बिमानस्थल निममित सञ्चालनमा आएपछी गुल्मी एउटा पर्यटकिय गनतव्यको क्षेत्र बन्ने अध्यक्ष भुसालले बताए । पर्यटन प्रवद्र्धनले जिल्लाको आर्थिक तथा रोजगारिका क्षेत्रमा टेवा पुर्याउने भुसालले बताए ।

विमानस्थल ०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदिप ज्ञवालीले सुरुवात गरेका थिए । निर्माण सुरु गरिए पनि निर्माण कार्य ढिलो गतिमा हुँदा समयमै निर्माण सम्पन्न हुन सकेको थिएनन् ।

  कार्यक्रम स्थलबाट लिएका केही दृश्यहरु हामि देख्न सक्छौ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend