logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीको रेसुङ्गा केबलकार लैजान अध्ययन टोली आउने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री , गुल्मी जेष्ठ २६ ।
गुल्मी गुल्मीको धर्मिक क्षेत्र रेसुङ्गामा केबलकारको लागि अध्ययन सुरु गरिने भएको छ । शुक्रवार रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौरमा रेसुङ्गा विमानस्थलमा परिक्षण उडानसँगै केबलकार अध्ययनका लागि गुल्मी आएका चन्द्रगिरी केबलकार प्रलिका अध्यक्ष चन्द्र ढकालले रेसुङ्गामा केबलकार लैजाने बारे छलफल भइरहेको बताए ।
परिक्षण उडानसँगै केबलकार अध्ययनका निम्ती गुल्मी आएको हु ‘ढकालले भने यसको सम्भाव्यता बारे अब प्रक्रिया अगाडी बढाइनेछ। ’उनले चन्द्रगिरी केबलकार आइसकेपछी नेपालका धेरै ठाउँमा केबलकारको सम्भाव्यता अध्ययनका निम्ती प्रस्ताबहरु आएको बताए । गुल्मी जिल्लाको धार्मिक क्षेत्र रेसुङ्गा केबलकार लैजानको लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र रेसुङ्गा नगरपालिकाले प्रस्ताब आएको अध्यक्ष ढकालले बताए ।
केबलकार राख्नको लागि रेसुङ्गा पनि आबश्यक रहेको भन्ने आइरहेकाले त्यसको निम्ती सम्भाव्यता अध्ययनसँगै मोडालिटि तयार गरिने बताएका थिए । रेसुङ्गामा केबलकार लैजानका लागि प्रराम्भीक सर्बेक्षणका निम्ती प्राबिधिक टोली ल्याएर सम्भाव्यता अध्ययन गरिने चन्द्रा गिरी केबलकारका अध्यक्ष ढकालले प्रतिबद्धता जनाएका थिए ।
सोहि क्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले रेसुङ्गा संस्कृति,ऐतिहासि,धार्मिक र पर्यटकियताले असाध्यै रमणीय ठाउँ रहेकाले केबलकार लैजानका लागि केबारमा लगानी गरिरहेका दक्षता हासिल गरेका लगानीकर्ताहरुसँग छलफल भइरहेको बताए । रेसुङ्गामा केबलकार लैजानको लागि सार्बजनिक निजी लगानीको मोडालिटीको बारेमा छलफल गरेर अगाडी बढने बारे छलफल भइरहेको मन्त्री ज्ञवालीलले बताए ।

मन्त्री ज्ञवालीलले चन्द्र गिरी केबलकारका अध्यक्ष सकरात्मक भएकाले रेसुङ्गा जस्तो रमणीय ठाउँमा केबलकार लैजान सकिने र व्यवसायिक हिसाबले पनि चल्ने बताए । केबलकार लैजानको लागि लगानीकर्ताहरु पनि इच्छुक रहेकाले यसबारे बितृत अध्ययनको तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए ।

गुल्मी जिल्लाको शिररको रुपमा रहेको धार्मिक, ऐतिहासिक पर्यटकिय क्षेत्रमा केबलकार लैजान नगरपालिकाले पहलकदमी भूमिका निर्वाह गरिरहेको नगरप्रमुख डिललीराज भुसालले बताए । उनले त्यसको अध्ययन र लागतका लागि अध्ययनटोलीसँग छलफल भइरहेको बताए ।

रेसुङ्गामा केबलकार लगेर गुल्मी जिल्लामा एउटा सुन्दर पर्यटकिय क्षेत्र निर्माणमा नगरपालिका लाग्ने अभियानमा जुटेको नगरप्रमुख भुसालले बताए । नगरप्रमुख भुसालले गुल्मेलीहरुको रेसुङ्गामा केबलकार लैजाने चाहाना रहेकाले यसलाई सफल बनाउनको लागि सबैको साथ रहेको उद्घोष गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend