logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटमा एकैदिन ४० लाखको श्रमदानबाट दुईसय पोखरी निर्माण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २३।
धुर्कोट गाउँपालिकामा एकैदिन ४० लाखको जनश्रमदानबाट एक सय ८६ वटा पोखरी निर्माण गरिएको छ । मंगलबार विश्व वातावरण दिवसको अवसरमा सो पोखरी निर्माण गरिएको हो । जनप्रतिनिधि, विद्यार्र्थी, शिक्षक, कर्मचारी, टोल संरक्षण समिति, आमा समूह लगायत गरी छ हजारले श्रमदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लोकहरी थापाले जानकारी दिए । जसअन्तरगत वार्ड नम्बर १ नयाँगाउँमा २० वटा, २ पिपलधारामा १६ वटा, ३ हाडहाडेमा २० वटा पोखरी निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष शिव केसीले बताए । त्यस्तै ४ जैसिथोकमा २० वटा, ५ वस्तुमा १२ वटा, ६ रजस्थलमा १७ वटा र ७ वाग्लामा ३६ वटा पोखरी निर्माण गरिएको उपाध्यक्ष केसीले जानकारी दिए ।

७ वाग्लामै ४५ वटा साना पोखरी निर्माण गरिएको छ । गाउँपालिकाभरी निर्माण गरिएका साना–ठूला पोखरीहरुमा पानीको क्षमता ३० लाख लिटर छ । ठूला पोखरीमा २० र सानामा एक हजार लिटर पानी अट्ने गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

दिवसको अवसरमा गाउँपालिकामा एकैदिन छ हजारले ४० लाख बराबरको श्रमदान गरेका थिए । पोखरी निर्माण गरेसँगै मुहानको पानि संरक्षण हुनुका साथै बन्यजन्तुलाई पानी खाने ठाउँ पनि उपलब्ध भएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए ।


प्रकाशित मिति : २३ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend