साझा नेटवर्क
साझा नेटवर्क , बुटवल जेष्ठ २३ ।
राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा युवा तथा खेलकुद मन्त्रालयको व्यवस्थापनमा मध्यपश्मिाञ्चलमा आयोजना गरिएको थियो । सविना गत माघमा सम्पन्न काठमाण्डौमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगीताकी स्वर्ण पदक विजेता हुन ।
नेपालगंजमा भखरै सम्पन्न भएको दशौ प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कपिलवस्तुकी कराँते खेलाडी सविना वुढा मगर खेलमा भाग लिएकी थिइन् । क्षेत्रिय खेलकुद विकास समिती द्वारा आयोजित ५ नम्बर प्रदेश स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कराते खेलकी खेलाडी सविना माथी वोतल प्रहार भएको हो ।
४० केजी उमेर समुहकी खेलाडी सविना माथी खेल चलीरहेको अवश्थामा दाङका प्रशिक्षक गगन पुनले वोतल प्रहार गरेको वताईएको छ। हामि दृश्यमा पनि देख्न पनि सक्छौ यसको भिडियो पनि सार्बजनिक भएको छ । प्रशिक्षक व्यक्ति द्वारा खेलकुद मैदानमा यस्तो हर्कत गर्नु भनेको खेल ऐन कानुनको अपेहेलान गर्नु र जसको शक्ति उसको भक्ति भने झैँ नाताबाद कृपाबाद हो ।
यसको अन्त्य हुनु पर्छ यस्ता हर्कत गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने उक्त पदबाट निलम्बित गर्नु पर्ने अनुशासित खेलमा पनि असव्य व्यहवार देखाउंदै खेलाडी लाई बोतलले हान्नु जस्ता क्रियाकलापको घोर भर्सना निन्दा गर्दै दोषीलाई कारवाही गर्न सम्बधित निकायलाई यसै सुचना मार्फत सविनाका बाबा खेम बुढाले अनुरोध समेत गरेका छन् । यसै समाचारलाई लिएर सामाजिक संजालहरुमा चौतर्फी आम सर्ब साधारले पनि यस्ता हर्कत गर्ने जोहो कहिँ भए पनि छोडन नहुने सरकारले यस्ता क्रियाकलाप गर्ने व्यक्ति वा कसैलाई कारवाहीको दहेरामा ल्याउनुपर्ने बताएका छन् ।
बुद्धशक्ति कराँते डोजो चन्द्रौटामा आवद्ध खेलाडी सविना माथी असभ्य व्यवहार देखाउदै बोतल प्रहार गरी दुर्व्यवहार घटनाले खेलाडीलाई बोतलले हान्नु नियम बिपरित भएको प्रशिक्षक नवराज पौडेलले बताए ।
खेलाडी सविना माथी भएको घटनाप्रति खेद व्यक्त गर्दै जिल्ला खेलकुद विकास समीती कपिलवस्तुका कार्यलय प्रमुख मिनप्रसाद पोखरेलले वोतल प्रहार गर्ने माथी कारवार्ही दायरामा ल्याउन पहल गरेको बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend