logo
  • शनिबार, भाद्र २० २०८३

“विवादमा फँस्यो इत्तेहादको इफ्तार कार्यक्रम” चौतर्फी चर्को आलोचना


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

करीम बक्स मियाँ, कतार ।
तत्कालिन नेकपा (एमाले) को भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संघठनको इफ्तार कार्यक्रम विवादमा घेरिएको छ।
गत सोमबार काठामण्डौमा सम्पन्न कार्यक्रममा वितरित मायाको चिनोमा इस्लाम धर्मको पवित्र स्थल मक्का र मदीनाको दुरुपयोग भएको भनी सामाजिक सन्जालमा चर्को विरोध भएको हो।संगठनले आयोजना गरेको इफ्तार कार्यक्रममा मक्का मदीनालाई प्लेटको पृष्टभुमिमा पारेर नेताहरुको फोटो राखिएको विषयलाई लिएर चौतर्फी विरोध भएको हो।
धार्मिक आस्थाको चरम दुरुपयोग गरिएको तथा इस्लाम धर्मको अपमान भएको भन्दै सामाजिक सन्जालमा इत्तेहाद संगठनले तत्काल माफी माग्नु पर्ने माग उठेको छ। सरकारले मुस्लिम समुदायको बिदा कटौती गरेको आक्रोश व्याप्त हुँदैगर्दा सत्ताधारी मुस्लिम संगठनले मुस्लिम समुदायको अधिकार कटौती गर्नेहरूलाई पुरस्कृत गरेको समेत आरोप उनीहरुले लगाएका छन्।
विवादमा आएको मायाको चिनोमा उपराष्टपति नन्द किशोर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दहाल, नेकपाका नेता झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरुको फोटो छापेर पृष्ठभुमिमा मक्का मदीनाको फोटो राखिएको थियो।


प्रकाशित मिति : २२ जेष्ठ २०७५

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend