logo
  • शनिबार, भाद्र २० २०८३

नेपाल मगर सांस्कृतिक परिवार कतारको अध्यक्षमा शुक्र पुलामी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
नेपाल मगर संघ,शाखा कतारको मातहतमा रहको नेपाल मगर सांस्कृतिक परिवार, कतारले गत शुक्रबारका दिन मुग्लिना स्थित अमवाज रेष्टुरेन्टको सभा हलमा प्रथम साधारण सभा  गरेको छ  ।परिवारका संयोजक भुपेन्द्र रिखाम मगरको सभापतित्वमा, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरको प्रमुख आतिथ्यतामा केशब थापा मगर, संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर नेपाल प्रवासी आदिवासी जनजाति महा संघमा आवद्ध मातृसंस्थाका प्रमुख  तथा प्रतिनिधिहरु विशेष आतिथ्यता रहेका थिए ।अतिथिहरुमा कतारमा स्थापित क्रियाशील सामाजिक तथा साँस्कृतिक विधाका प्रमुख तथा प्रतिनिधिहरु  रहेका थिए । मन्तब्यको क्रममा  वक्ताहरुले मगर सांस्कृतिक परिवारले दोहा कतारमा भई रहने सांस्कृतिक कार्यक्रममा नेपाल र नेपालीहरुको पहिचान झल्किने खालको प्रस्तुतिहरु राखेर छुट्टै पहिचान राख्न सफल भएको र यस परिवारले आगामी दिनहरुमा निरन्तरताको  शुभकामना दिएका थिए । संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरले मगर संघको चौंथो कार्यकालवाट नै कला तथा सांस्कृतिक विभाग गठन गरी कलाकारीता क्षेत्रमा लागेर संघको नाम उच्च राख्न विशेष योगदान दिएका डि.एन. मगर, जनक थापा मगर, बविन राई, टेक रसाईली लगायत संपुर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद तथा नव गठित कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका  थियो ।कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष शेर बहादुर रोका मगरले मन्तव्य क्रममा स्थापना काल देखि हाल सम्म गरेका कार्यहरू प्रति प्रशंसा गर्दै साँकृतिक परिवारले रचनात्मक कार्यहरु गर्दै  आएको आगामी दिनहरुमा पनि अझ उत्कृष्ठ कार्यहरुमा अग्रसर बनि अगाडी बढोस भन्ने  कामना गरे ।अन्तमा कार्यक्रमका सभापति भुपेन्द्र रिखाम मगरले नेपाल मगर सांस्कृतिक परिवार प्रथम साधारण सभा सफल पार्न सम्पुर्ण सहयोगी र उपस्थित सम्पुर्णलाई हार्दिक कृतज्ञता प्रकट गर्दै। आफ्नो कार्यकाल सफल गर्नमा साथ र सहयोग गरिदिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद दिएका थिए ।बन्द शत्रमा चालु कार्यसमितिले गरेका कार्यहरुको सांगठनिक प्रतिबेदन सचिव सोम थापा मगर ,आर्थिक प्रतिबेदन अशोक आले मगरवाट प्रस्तुत गरिएको थियो। प्रतिवेदनलाई सर्वसहमतले पारित गरी अनुमोदनका लागि संघ, शाखा कतार कतारको छैठौं मगर भेलामा पेश गरिने भएको छ ।

नेपाल मगर सांस्कृतिक परिवार कतारको निर्देशिका २०१७ (प्रस्तावित २०१८) लाई निर्देशिका संसोधन समितिका संयोजक महेन्द्र थापा मगरले प्रस्तुत गरेका थिए । उक्त निर्देशिकालाई पनि आवश्यक संशोधनका साथमा सर्वसहमतवाट पारित अनुमोदनका लागि नेपाल मगर संघ, शाखा कतार कतारको छैठौं मगर भेलामा पेश गरिने भएको छ ।

निर्वाचित नयाँ कार्यसमिति निर्विरोध

शुक्र पुलामी मगरको अध्यक्षतामा २३ सदस्यीय समितिको गठन गिएको छ जसमा उपाध्यक्ष सोम थापा मगर (तनहुँ), सचिब तिल बिक्रम मगर (धनकुटा), सह—सचिव योगेन्द्र खाम्चा मगर (पाल्पा), कोषाध्यक्ष अशोक आले मगर (धादिंग) ,सह—कोषाध्यक्ष मोहन थापा मगर (पाल्पा), सदस्यहरुमा दिल मस्रांगी मगर (सर्लाही) रमा सोराली मगर (झापा), रेखा थापा मगर(झापा), निहारिका मगर(मोरङ्ग ), मनिकला सोमई मगर (अर्घाखाँची), सुबर्ण सरु मगर (स्यांङजा), तारा बहादुर थापा (गुल्मी), दान बहादुर आले मगर (नवलपरासी), अर्जुन पिठाकोटे मगर (मोरङ), दिपक यक्चाई मगर (मोरंङ), राम सरु मगर (पाल्पा), रविन मगर (ताप्लेजुङ), होम घले मगर (महोत्तरी), ओम थापा मगर (तनहुँ), नरेश थापा मगर(तनहुँ), तारा थापा मगर(गुल्मी), पाण्डव थापा मगर (धादिङ) निर्वाचित भएका थिए भने एउटा पद रिक्त राखिएको छ ।नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक थापा मगरले नेपाल मगर साँकृतिक परिवार कतारको निर्देशिका बमोजिम शपथ ग्रहण गराउनु भएको थियो भने संघका अध्यक्ष  रोका मगर ले खादा ओढाएर स्वागत गरेका  थियो ।

साथै यस नेपाल मगर साँकृतिक परिवार कतार संघको अभिन्न अङ्ग रहने र केन्द्रिय समितिको हरेक गतिविधीमा सधै हातमा हात मिलाएर अघि अगाढी बढ्नका लागि अनुरोध गर्दै नवगठन भएको कार्यसमितिलाई  हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २१ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend