साझा नेटवर्क
टोपलाल अर्याल, गु्ल्मी जेठ २० ।
गत बिहिबार मृत अवस्थामा फेला परेकी बालिकाको पहिचान नभएपछि प्रहरीले दाहसंस्कार गरेको छ ।
बालिका गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामको ढोड पहिरोमा मृत अबस्थामा फेला परेकी थिइन् । वालिकाको चार दिनसम्म कुनै पहिचान नभएपछि प्रहरीले शनिवार दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी अनुराग कुमार सुवेदीले बताए ।
अन्दाजी ११ बर्षियाको बालिकाको शव सडेको अबस्थामा स्थानीयले फेला पारेका थिए । उनको पहिचानका लागि जिल्ला अस्पतालमा शव राखिएको थियो । तर कुनै उपाय नभएपछि पोष्टमार्टम गरी दाहासंस्कार गरिएको सुवेदीले बताए ।
बालिकाको टाउको तथा शरिरका विभिन्न भागमा चोट लागि नग्न रहेको अवस्थामा फेला पारेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend