साझा नेटवर्क
साझा नेटवर्क , कतार ।
कतार नेपाली एकता समाजले रमजान लगतैको ईद उल फितर २०१८ मा पाँचौ राष्ट्रिय सम्मेलन वक्री इद गर्ने बारे विभिन्न पत्र पत्रिका वा अनलाईन मिडिया सामाजिक सन्जालहरुमा प्रकाशन गरेको छ ।
समाजले रमजान लगत्तैको ईद अल फितर २०१८ मा पाँचौ राष्ट्रिय सम्मेलन गर्ने सूचना थियो । संगठनको विविध आन्तरिक कारणले गर्दा उक्त समयमा सम्मेलन हुन् नसकेको हुदा वक्तव्य मार्फत जानकारी गराएको हो ।
पाँचौ राष्ट्रिय सम्मेलन वक्री इद (इद अल अधा) २०१८ मा सारिएको व्यहोरा सम्पूर्ण प्रवासी नेपाली दाजु भाई तथा दिदी बहिनी लगाएत कार्यकर्ता, समर्थक, शुभ चिन्तक,एवं न्यायाप्रमी जनसमुदायहरुमा जानकारीको लागि समाजका अध्यक्ष लुमकान्त पुनले साझा नेटवर्क बताएका छन् ।
साथै विगतका दिनहरुमा झै सम्पूर्ण समाजसेवी, व्यवसायी, बुद्धीजीवी, पत्रकार, कलाकार, र न्यायप्रेमी जनसमुदायहरुमा आर्थिक, भौतिक,र नैतिक, सहयोग गरिदिन हुन प्रेस वक्तव्य मार्फत सबैमा हार्दिक अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend