logo
  • शनिबार, भाद्र २० २०८३

नेपाली जनसम्पर्क समिति कतारले इफ्तार कार्यक्रम गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क , कतार ।
नेपाली जनसम्पर्क समिति कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान महिनाको अवसरमा सुक्रवार सनैया स्थित ग्रान्ड मल नजिक ब्रोदर्स रेस्टुरेन्टको सभाहलमा शुभकामना आदानप्रदान तथा वृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा समितिका का.वा सभापति शंकर न्यौपानेको सभापतित्व एवम् नेपाली दूतावास कतारका नियोग उप प्रमुख मणिरत्न शर्मा प्रमुख अतिथि रहेका थिए ।

दूतावासका द्वितीय सचीव हरि अर्याल, समिति कतार का सस्थापक सभापति नरेन्द्र भाट,सस्थापक सल्लाहकार बद्री पान्डे, सस्थापक कोषाध्यक्ष भुपती भट्टराई, प्रवासी मन्चका अध्यक्ष चानक पोख्रेल, जन प्रगतिशील मंचका कावा अध्यक्ष रकम ध्वज राइ,तराई मधेस मन्चका अध्यक्ष हुसेन खान, समजसेवी सागर नेपाल, नेपाली जनजाति महासंघका अध्यक्ष देब राज राई, लगायत बिशेष  अतिथि रहेका थिए ।

कतारमा स्थापित क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधि समाजसेबी बुद्दिजिबि, ब्यबसायी, तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको छ। कार्यक्रममा समितिका सह महामन्त्री केदारनाथ भुसालले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गरेका थिए ।

नेपाली मुस्लिम समाज का अध्यक्ष इ. आयुब , देव राज राइ, करिम्बक्स मिया, मो. मुक्त्दा मुसलमान ,अम्बिका खत्री, अमीना खान ,नवीन पोख्रेल , हिरा धन राइ,लगाएत व्यक्तित्वहरुबाट सुभकामना मन्तब्य राखेका थिए । मुस्लिम समुदायले रमजान महिनाभर आत्मीय सुद्दता भात्रृत्व बिकासका लागि एक महिना कठोर व्रत बस्ने परम्परा रहदै आएको छ । हरेक बर्ष जस्तै समिति कतारले सामाजिक सद्धाव एंबम भाइचाराको लागि इफ्तार कार्यक्रम गर्दै आएको छ।

कार्यक्रममा नेपाली राजदूताबास दोहा क़तारका दित्तिय सचिव हरी अर्याललाई सम्मान तथा बिदाई पनि गरीएको थियो । अर्याल वहाँ आफ़नो कार्यकाल पूरा गरी नेपाल फ़र्किन लाग्नु भएकाले जनसम्पर्क समितिले बिदाई तथा सम्मान गरेको हो।

अर्यालले नेपाल सरकारको उच्च् पदममा रही निजामति सेवा तथा नेपाली राजदूतावास कतारमा रहि तिन लाख पचास हजार मजदुरहरुको निमित्त आफ्नो कार्य अबधिमा सह्रानिय काम गर्नु भएको छ । अर्याल नेपाल सरकारको परराष्ट्र सेवामा ३७ बर्ष काम पुरा गरेका छन् ।

उक्त कार्यक्रमम नेपाली समुदाय तथा सुभेच्छकहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम सभ्य एवम् भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको  सहजीकरण समितिका महामन्त्री मोहम्मद अजित अलि गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend