साझा नेटवर्क
बुटवल, जेठ १८ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-दोभान सडक खण्ड १४ घण्टापछी एकतर्फि रुपमा खुलेकाे छ ।
डोजर चलाएर पहिरो हटाइ एकतर्फि रुपमा खुलाइएकाे पाल्पाका ट्राफिक प्रहरी प्रमुख प्रविन अाचार्यले जनाउनुभयाे ।
तिनाउ गाउँपालिका वडा नम्बर ३ हेडबक्स भन्ने ठाउँमा पहिरो खसेपछि शुक्रबार बिहान ४ बजेदेखि यातायात सेवा अवरुद्ध भएको थियाे ।
गत वैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend