logo
  • आइतबार, असोज ११ २०८३

अपडेटः पाल्पा बस दुर्घटनाका मृतकको सनाखत (नाम सहित)


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

पाल्पा, जेठ १८ ।
पाल्पामा बस दुर्घटना १२ जनाको मृत्यु भएको छ । भने ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा तानसेन-४ का विष्णुमान बज्राचार्य, तानपा–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, तानपा-६ का सुशीलप्रसाद श्रेष्ठ, सचिन बज्राचार्य, तानपा-४ कृष्णबहादुर बोहोरा, दुर्गाबहादुर सारु, तानपा–२ लोकनाथ ढकाल, तानपा–३ कमला कार्की, वसन्ती खाँण, तानपा-६ गीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए।

सचिनको मिशन अस्पताल र कमलाको मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको उनले बताए। जिल्लाको सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका-४ हुमीनमा दुर्घटनामा भएको हो।

बस सडकभन्दा डेढसय मिटर तल खसेको छ। लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनबाट भ्रमण जाँदै गरेको बस दुर्घटनामा परेको हो।

घाइते मध्ये १० जनाको मिशन अस्पताल तानसेन र एक जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मिति : १८ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend