logo
  • शनिबार, असोज १० २०८३

नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क , काठमाण्डौ जेष्ठ १६ ।
नेप-ग्याजम स्टयाण्ड-अप कमेडी शो र सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन २ राजधानी को झम्सिखेल स्थित एट डिग्रीज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रोमा सम्पन्न गरेको छ ।

गत चैत्र २४ गते सम्पन्न भएको लाइभ स्टयाण्ड–अप कमेडी शो सिजन १ को सफलता पछिको यो दोस्रो सिजनमा सात जना हास्य कलाकारहरु लेखमणी त्रिताल, सहर्ष के.सी., रुपक बुढाथोकी, योजना थापा, बिभोर अधिकारी, सरोज भण्डारी, विवेक पौडेल साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले आफ्ना प्रस्तुतिहरु दिएर उपस्थित दर्शकहरुलाई ३ घण्टासम्म हाँस्न बाध्य बनाएका थिए । सो कार्यक्रमको उदघोषण सोमिता धमलाले गरेकी थिइन भने कार्यक्रममा उपस्थित दर्शकहरुले फेरी पनि यस्तो कमेडी सो आयोजना गर्न आयोजकसँग माग गरेका थिए ।

कार्यक्रमलाई रिड्ज एजुकेशन, सक्रिय नेपाल, कुलाब्स अरगनाइजेशन, ईच्छा फाउनडेशन, बेस्ट डिल्स नेपाल, सुपर उरुशा प्रोडक्शन, बाइक होलिक सरभिस प्रा.लि., सी.ए.सी. नेपाल एजुकेशन कन्सलटेन्सी प्रा.लि.ले प्रायोजन गरेको थियो भने भेन्यू पाटनर एट डिग्रीज फाइन डाइन एण्ड भेन्यूज रेस्ट्रो रहेको थियो ।

प्रकाशित मिति : १६ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend