साझा नेटवर्क
चोम बिष्ट, रोल्पा जेठ १५ ।
रोल्पा जलजला सेवा समाज कतारको २०७५ साल जेठ ४ गते शुक्रबार बसेको बैठकले रोल्पा नगरपालिका १० साबिकको धबाङ ५ पेवा बस्ने ३० वर्षिय दिल बहादुर घर्ती परिवारको न्यून आर्थिक अवस्थाको कारण रोजगारीको सिलसिलामा २०७२ साल माघ १८ गते डिस्तनि ओभरसिज प्राली सामाखुसीबाट वैदेशिक रोजगारिको लागि साउदी Majed Al-Diabahi Contracting & Est Riyad कम्पनीमा पुगेका थिए ।
साउदी अरब रियादको दोआदी भन्ने ठाउँमा कार्यरत रहदा सवारी चलाउने क्रम बाटोमा साउदी स्थानीय नागरिक संग गाडी ठोक्किएर निज साउदी नागरिकको ज्यान गएपछि उनी मिति २०७३साल जेठ ३० मा जेल गएका थिए ।
साउदीको उच्च अदालतले दिल बहादुरको पक्षमा ७५%गल्ती देखाइ उनलाई २,२५,००० साउदी रियाल मृतकको परिवारलाई क्षेतिपुर्ती दिनुपर्ने फैसलाको निर्णय प्रती दिल बहादुरको पक्षमा नेपाली दूतावास रियादले अदालतमा पुनराबेदन गरेको थियो ।
अन्तिममा आएर अदालतले पहिलाकै फैसलालाई सदर गरि फैसला गरेको हुदा दिल बहादुर रिहाईको लागि सम्पुर्ण देश बिदेशमा रहनु हुने नेपाली आमाबुबा,दाजुभाइ,दिदीबहिनी लगाएत सम्पुर्ण संघ सस्थामा आबद्ध मित्रजनहरुलाइ स्वच्छ मनले आआफ्नो ठाउँबाट आर्थिक सक्दो सहयोग संकलनको लागि यो अभियान एक महिनासम्म संचालन रहने छ ।
कतारमा सहयोगको लागी सम्पर्क व्यक्ति शिव बुढाथोकी ३३३९३०३९,देबराज पुन ३३९४१०२२,शिबलाल केसि ६६१९३००३,बसन्त थापा ३०१८१०१८,गोपाल केसि ६६६८१२९५,जीवन खड्का ५०७४४९२ साथै रोल्पा जलजला सेवा समाज संग सम्पर्क गर्न सकिने आर्थिक संकलनमा सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरेकोछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend