साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी जेठ १५ ।
सरकारले गुल्मी जिल्ला कारागारका चार कैदीलाई आममाफी दिइएको छ । सरकारले ११ औँ गणतन्त्र दिवसको अवसर पारेर अदालतले तोकेकोे ४० प्रतिशत कैद सजाय भोगेका उनीहरुलाई आममाफी दिइएको हो ।
दुई जना कर्तव्य ज्यान मुद्धा र दुई जना मुद्धामा जेल परेका कैदीलाई आममाफी दिइएको जिल्ला कारागारका जेलर गोपाल पाण्डेयले बताए । पाण्डेका अनुसार कर्तव्य ज्यान मुद्धामा पुना कुमारी कुमाललाई १० बर्ष जेल सजायँ तोकिएको थियो ।
उनले कैद चार बर्ष बाँकी थियो । भने सोहि मुद्धाका गोकुल कुमालले १३ बर्षमा आठ बर्ष कैद भोगिसकेको जेलर पाण्डेले बताए ।
त्यस्तै चोरी मुद्धाका जीवन बुढाथोकी र कृष्ण बहादुर कुमाल चार बर्षमा तीन बर्ष कैद सजायँ भोगी सकेका थिए । सवैलाई असल चालचलनका आधारमा सरकारले आममाफी दिने पाण्डेयले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend