साझा नेटवर्क
साझा नेटवर्क, कतार जेठ १४ ।
मुस्लिम धर्मालम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिति कतारले बृहत इफ्तार कार्यक्रमको आयोजना गर्ने भएको छ। समितिले बिगतका बर्षहरुमा जस्तै मुस्लिम समुदायहरुको पवित्र महिना रमजानको अवसर पारेर यो बर्ष पनि सोहि कार्यक्रमलाई निरन्तरता दिएको हो ।
समितिले आगामी १ जुन २०१८ शुक्रबारका दिन कतारको सनैया स्थित एसियन टाउनको ब्रदर्स रेष्टुरेन्टको सभा हलमा “बृहत इफ्तार कार्यक्रम”को आयोजना गर्ने भएको हो । समितिले दोहामा स्थापित संघसंस्था, मुस्लिम समाज र मुस्लिम दाजुभाई तथा दिदीबहिनीहरु, पत्रकार, मिडियाकर्मी र समाजका विभिन्न अग्रज व्यक्तित्वहरुलाई निमन्त्रणा गरेको छ ।
हिजरी सम्वतको नवौं महिनामा पर्ने रमजान महिनाभर विश्वका मुस्लिम समुदायले आत्मीय शुद्धता एवं भातृत्व बिकासका लागि एक महिने कठोर व्रत राख्ने परम्परा रहँदै आएको छ ।
कतारमा सामाजिक सद्भाव एवं भाइचाराको लागि विगत देखी नै मुस्लिम समुदाय लगायत विभिन्न नेपाली समुदायले सामुदायिक रूपमा इफ्तार गर्ने गराउने अभियान चलाउँदै आईरहेका छन् ।
कार्यक्रममा इफ्तार सँगै शुभकामना आदान प्रदान समेत हुने भएको छ । कार्यक्रम स्थानीय समयानुसार दिनको २:३० बजेबाट सुरुहने समितिका महामन्त्री मो. अजिज अलिले साझा नेटवर्क सँगको कुराकानीका क्रममा जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend