logo
  • आइतबार, असोज ११ २०८३

गुल्मीमा क्यान महासंघको शाखा बिस्तार, अध्यक्षमा खनाल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी जेठ १४ ।
कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघ प्रदेश नम्ब ५ अन्र्तगत गुल्मीमा शाखा बिस्तार भएको छ । क्यानले सुचना, सञ्चार तथा प्रबिधि पहँुच र सेवा बिस्तार अभियान स्वरुप जिल्लाको सदरमुकाम तम्घासमा भेला गरि शाखा बिस्तार गरेको हो ।भेलाले क्यान महासंघ गुल्मीमा कृष्ण खनालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा सुरेश थापा, सचिव बासुदेव ऐर, सहसचिवमा लक्ष्मण ज्ञवाली, कोषाध्यक्षमा प्रदिप पाण्डेय रहेका छन् । कार्यक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष नवराज कुँवरले बर्तमान युग सुचना सञ्चारसँग टढिएर अगाडी बढन नसक्ने बताए । उनले सबै जिल्लाहरुमा शाखा बिस्तारको काम तिब्र गतिमा चलिरहेको बताए । कार्यक्रममा नव निर्वाचित अध्यक्ष खनालले संघको बिधि अनुसार यस जिल्लामा संघलाई क्रियाशिल बनाउन आफु लागि परिरहने बताए । सुचना तथा सञ्चार,प्रबिधिको पहुँचमा क्यानले बिशेष भुमिका निर्वाह गर्ने खनालले बताए ।

भेलामा क्यान महासंघ प्रदेश नम्बर ५ का अध्यक्ष ध्रुवराज शर्मा, सहसचिव भेषराज भट्टराई, महासंघ दाङ्ग अध्यक्ष भिमसेन गिरी, पाल्पा शाखा अध्यक्ष महेश शर्मा, रुपन्देहि शाखा अध्यक्ष नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend