logo
  • शुक्रबार, असोज ९ २०८३

बौद्धमा नालन अर्गानिक कफी एण्ड जुस बार संचालनमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सुर्य चन्द, काठमाडौँ जेठ १४।
अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा खुलेको नालन अर्गानिक कफी एण्ड जुस बारको चर्चित नायिका संचिता लुइँटेल, चर्चित गायक धिरज राइ, विश्वको नै कान्छा चलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम तथा अन्य समाजका प्रतिष्ठित व्यक्तिहरुले एक भब्य कार्यक्रमको बीच उद्घाटन गरेका छन् ।सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु समेत पाउने यस नालन अर्गानिक कफी एण्ड जुस बारमा अनुभबी दक्ष स्टाफ द्वारा आफ्ना ग्राहकहरुलाई पारिवारिक बाताबरणमा सेवा सुबिधा प्रादान गरिने कुरा नालन अर्गानिक कफी एण्ड जुस बार बौद्ध को संचालिका द्वय अन्जना थापा मगर तथा पुष्पा गुरुङ बताउछन ।

दुइ उर्जाशील तथा युवा महिला ब्यबसायीहरु अन्जना मगर र पुष्पा गुरुङको संयुक्त लगानीमा खुलेको यस क्याफेमा अर्गानिक कफी तथा जुसका पारखीहरुले मिठो तथा स्वादिष्ट परिकारहरुको स्वाद लिन पाउने कुरा अन्जना थापा मगर बताउछिन ।


प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend