साझा नेटवर्क
साझा नेटवर्क, काठमाण्डौ जेठ १३।
नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वोकृष्ट रचनाहरु बजारमा ल्याउने क्रममा शिव दर्शन म्युजिक प्रालीको प्रस्तुतिमा समर्पित मन पुष्कलको “दुई मुटुको धड्कन”को भिडियो सार्वजनिक भएको छ ।
लोक दोहोरी गीत संगीतको क्षेत्रमा मा एउटा राम्रो स्थान बनाउन सफल गायक रामजी खाँड र गायिका देवि धर्ति मगरको सो गीतमा आवाज रहेको छ । मौलिक सिर्जना भएकाले भिडियो तथा अडियोलाई लाई अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने गायक रामजी खाँडले बताए ।
बाध्यताले आफनी मायालुबाट छुट्दा आफनो मनमा हलचल भएको गीतमा भनिएको छ । तिलक बहादुर ओली र शिव कुवँरको शब्द तथा पुश्कल कुँवरको मौलिक लय सिर्जनामा रहेको गीतमा आफनी प्रेमिका बाट बाध्यतामा छुटनु परेको अवस्थालाई चित्रण गरिएको छ ।
सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई दिपक विष्टले सम्पादन गरेका छन । गीतको म्युुजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन । ”दुई मुटुको धड्कन ” गीतमा सारिका केसी र सागर थापाको अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend