logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारले सह-सचिव विकलाई बिदाई गर्यो


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कुमार “अविरल” पन्थी, कतार ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले गत शुक्रबार सह-सचिव थम बिकलाई स-सम्मान विदाई गरेको छ । शुक्रबार कतारको सनैयामा आयोजित एक कार्यक्रममा समाजले सह सचिव विकलाई खादा ओढाएर तथा सम्मान पत्रद्वारा सम्मान गरेको हो ।

कार्यक्रममा समाजका अध्यक्ष बुद्ध पाण्डे सभापति तथा सह-सचिव थम विक विशेष अतिथि रहेका थिए । त्यस्तै समाजका प्रमुख सल्लाहकार शिव खड्का, सल्लाहकार विजय बस्नेत, भिम तरामु, बिष्णु गौतम लगायत अतिथि रहेका थिए । साथै समाजका कार्यासमिति पदाधिकारीहरु लगायत गुल्मेली एवम गैर गुल्मेलीहरुको उपस्थिती रहेको थियो ।

विक लामो समयदेखि दोहामा कार्यरत रहेका थिए । समाजले विभिन्न समयमा आयोजना गरेका कार्यक्रममा क्रियाशील रही कार्यक्रम सफल बनाउन विकको महत्वपूर्ण भूमिका रहने गरेको थियो । सस्थाको केन्द्रिय समितिमा सकृय रहेर काम गर्दै आएका विक प्रवासको बसाइलाई बिट मार्दै नेपाल फर्किन लागेका हुन् ।

उक्त सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले विकको कार्यको प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै विकले आफु जहाँ रहेपनि समाजलाई भुल्न नसक्ने बताए । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समाजलाई आफ्नो साथ र सहयोग रहने बताउँदै समाजलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै अध्यक्ष पाण्डेले समाजको केन्द्रिय समितिको सहसचिव पदमा रहेर समाजलाई अगाडी बढाउन सकृय भूमिका निर्वाह गरि समाजका हरेक कार्यक्रम सफल बनाउन खेलेको भूमिका प्रति विशेष धन्यवाद दिए । प्रवासको बसाइलाई बिट मार्दै स्वदेश फर्किदै गरेका विकलाई मातृभूमिको यात्रा सफलताको शुभकामना दिए ।

गुल्मी सेवा समाज कतारले प्रवासमा भइपरी आउने समस्या समाधान तथा स्वदेशमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आर्थिक सहयोग समेत उपलब्ध गराउदै आइरहेको छ । कार्यक्रम समाजका सस्कृतिक संयोजक सुरज विसीको संचालनमा सम्पन्न भएको थियो ।


प्रकाशित मिति : १४ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend