logo
  • आइतबार, असोज ११ २०८३

रोल्पाको गुम्चाल बेरिका स्वर्गीय विकको परिवारलाई स्थानीय बासीको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

चोम विष्ट, रोल्पा जेठ १३ ।
लुङग्री गाउँपालिका वडा नम्बर ६ बेरि चौकागैरामा जनप्रीय युवा समुहको पहलमा स्थानीय द्वारा कर्ण बहादुर बिकको परिवार आसा बिकलाई आर्थिक बयानब्बे हजार छ सय सहयोग हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ । कार्यक्रम जेष्ठ नागरिक नरु बिष्टको सभातित्वामा भएको कार्यक्रमको संचालन तिलक बिष्टले गरेका थिए ।कार्यक्रमको अथितीमा नेपाल कम्युनिस्ट पाटी प्रतिनिधि पाल बहादुर बिष्ट,पन बहादुर रोका,ज्योति आधारभुत बिधालय शिक्षक ओबिन्द्र रोका,बेरि जनप्रीय युवा समुह अध्यक्ष हुकुम बहादुर रोका,कोषाध्यक्ष सन्तोष रोका,सल्लाहकार पुने रोका,चिचल बिष्ट,निम बहादुर बिष्ट,चित्र बिष्ट,चोम बिष्ट,महिला अध्यक्ष ठकुमा बिष्ट आमासमुह अध्यक्ष पिङकला बिष्ट आमा समुह कोषाध्यक्ष सम्पदा रोका,आसा बिक लगाएत को अथितित्व सहित स्थानीयको बाक्लो उपस्तिथिमा रहेको थियो।

सन्तोष रोकाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम पाल बहादुर बिष्ट, बल बहादुर रोका,ओबिन्द्र रोका पुने रोका चोम बिष्ट,ठकुमा बिष्ट,चिचल बिष्ट लगाएत ले आर्थिक सहयोग संकलनको लागि जुट्नु हुने साथै कार्यक्रममा उपस्तिथ सबैलाई धन्यवाद व्यक्त गर्दै कर्ण बहादुर बिकको २०७४ साल चैत्र २१ गते असामायिक निधनले गर्दा परिवारमा जुन रुवाबासी मात्र नभई परिवारमा रहेका श्रीमती दुई छोरी दुई छोराको पालन पोषण गर्न समेत अफठ्यारो भएकोले थोरै सक्दो सहयोगले दुखिरहेको घाउमा मलम पट्टी बाध्ने कार्य गरेको थियो ।

साथै गरिब पीडितको पीडा मर्मलाई बुझेर महत्त्वपूर्ण काम गरेको सहयोगको लागि विभिन्न देश बाट खट्नु हुने सहयोगी मनहरुले गरेको यो काम समाजको उदाहरणिय समेत रहेको यसरी नै हरेक क्षेत्रमा एकता रहन र प्रवासको बसाइ र गाउँ घरको बारेमा प्रष्ट पार्दै अगामी दिनमा यस्तै यस्तै कार्यमा अग्रसर रहने व्यक्त गरेका थिए।

बेरि जनप्रीय युवा समुहका अध्यक्ष हुकुम रोकाले यस कार्यक्रम एक गाउँ टोलको मात्रै नभई सबै यहाको स्थानीय बासिको तर्फबाट सहयोग भएको बताउदै यस आर्थिक सहयोग संकलन अभियानमा बेरि जनप्रीय युवा समुहको महत्त्वपूर्ण भुमिका र पहलमा भएको बताउदै कसैलाई पनि द्विबिदामा नरहन समेत अवगत गराएका थिए।

बेरि जनप्रिय युवा समुहका अध्यक्ष हुकुम बहादुर रोका बाट पीडित आसा बिकलाई आर्थिक सहयोग स्वरुप बयानब्बे हजार छ सय रुपैया हस्तान्तरण गरिएको थियो।

त्यस्तै पिडित बिकले त्यो रकम पाएपछि सहयोग गर्नुहुने सबैलाई धन्यवाद साथै रकमलाइ बाल बच्चालाई पालन पोषण सहि ठाउँमा लगानी गर्ने समेत बताउदै सभापति नरु बिष्टले उपस्तिथ सबैलाई धन्यवाद सहित कार्यक्रम सफलतापुर्वक सुसम्पन्न भएको घोषणा गर्दै कार्यक्रम समापन गरेका थिए।


प्रकाशित मिति : १३ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend