logo
  • शनिबार, साउन ३० २०८३

उनयचौरमा वडास्तरिय फुटवल प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी जेठ १३ ।
गुल्मीमा वडा स्तरिय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर ७ को आयोजनामा उनायचौरमा सम्पन्न भएको हो । प्रतियोगितामा ५ समुहले भाग लिएका थिए । प्रतियोगितामा भुजेलखर्क ए र बि क्रमस प्रथम र द्धितिय भएका थिए ।
प्रतियोगितामा प्रथमले रु १० हजार द्धितियले ७ हजार पुरस्कार सहित कप मेडलको व्यवस्था गरिएको थियो । फुटवल प्रतियोगिताको उद्धघाटन रेसुङ्गा नगरपालिका उपप्रमुख सिता भण्डारीले गरेकी थिइन् ।
उनले नेपालमा पछिल्लो समय खेल क्षेत्रमा फडको मार्दै जान थालेको बताइन् । नगरपालिकाले पनि बिभिन्न खेलकुद क्षेत्रमा प्रोत्सहन स्वरुप नयाँ योजनाहरु ल्याउने बताइन् । उद्धघाटन समारोहमा वडा नम्बर १ का वडा अध्यक्ष अखिलेश्वर पाण्डेय,वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले युवाहरुलाई खेल क्षेत्रमा उत्साह जगाउने उदेश्यले खेल आयोजना गरिएको बताए ।

नगरपालिकको वडा नम्बर ७ को उनाय चौरमा रहेका खेल मैदानलाई स्तर उन्नती गरि नियमितरुपमा खेलकुद आयोजना गर्ने गरि योजना ल्याउने तयारी गरिरहेको बताएका थिए ।

कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष कृष्ण भण्डारी, गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसाल, पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल,पूर्व अध्यक्ष जनार्दन घिमिरे, वडा नब्बर ७ का वडा सचिव कृष्ण पन्थी, वडा सदस्य रघु पन्थी, वडा नम्बर ७ का काँग्रेसका वडा सभापति देबबहादुर थापाको उपस्थिति रहेको थियो ।

त्यस्तै लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थ,लगायतको सहभागितामा खेल सम्पन्न भएको खेलकुद समिति संयोजक मनोजकुमार पन्थीले जानकारी दिए ।उक्त कार्यक्रमको सञ्चालन स्थानिय समाजसेवी युवराज मरासिनीले गरेका थिए।


प्रकाशित मिति : १३ जेठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend