logo
  • आइतबार, असोज ११ २०८३

सदरमुकाममा अलपत्र पक्की सडक मर्मतमा नगरपालिका


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुल्मी जेठ १३ ।
झण्डै एक महिना अघि गुल्मी सदरमुकाम रहेका तम्घास बजारमा पक्कीबाटो भत्कीदै जान थालेपछी सडकको अबस्था जीर्ण बन्दै समाचार प्रति नगरपालिकाले ध्यानकर्षण भएको छ । रेसुङ्गा नगरपालिका भित्र पर्ने सदरमुकाम बजारक्षेत्रमै रहेको पक्की सडक ठाउँठाउँमा भत्कीए पनि स्थानियले मर्मत गर्न ध्यान नदिएको प्रति गुनासो गरेका थिए ।

बजर क्षेत्रका दर्जनौ स्थानमा सडक भत्कीए पछी रेसुङ्गा नगरपालिका गुल्मीले मर्मत कार्य सुरु गरेको छ । सडक भत्कीएको दुई वर्ष वढि हुँदा समेत सम्बन्धीत निकायको ध्यान पुगेको थिएन् ।

सदरमुकामको बजर क्षेत्रमै सडक भत्कीए धेरै समय बित्दै जाँदा पानी पर्दा खाल्डाहरुका पानी र घाम लाग्दा धुलो उडने गरेपछी बजारवासीले पटक पटक कुरा उठाउदा ध्यान पुगेको थिएनन् ।

सदरमुकामको बजार क्षेत्रमै बजार वासीले कतिपय स्थानमा पक्की सडक खनेर खानेपानी पाइप लाइन लैजाने र राम्रोसँग मर्मत नगर्नाले पनि थप सडक जिर्ण र भन्कीदै जाने गरेको छ ।

नगरपालिकाले तम्घासको उदिनढुगांबाट बसपार्कहुँदै भगवती मन्दीर सम्म भत्कीएका दर्जनौ स्थानमा मर्मत गर्न भन्दै रु ३५ लाख रकम तत्कालै जुटाएर काम थालिएको नगर प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।

नगरपालिकासँग पर्याप्त बजेट नभएकाले सानो रकमले पुरै काम सम्मपन्न नहुँने हुँदा लामो समय सम्म काम सुरु नसकेको भुसालले बताए । नगरपालिकाबाट केहि रकम र सडक बिभाग केन्द्रबाट रकम ल्याएर काम थालिएको नगर प्रमुख भुसाललको भनाई छ ।

नगरपालिकाले सानो बजेटले काम थाल्न सकेका थिएनौ नगरप्रमुख भुसालले भने ‘केन्द्र सरकारसँग अनुरोध गरेर रकम ल्याएर तुरुन्त काम सुरु गरेका छौ ।’ तम्घास बजार सुन्दर सफा सहर बनाउनको लागि अरु धेरै कामहरु पनि निरन्तर काम हुँदै जाने क्रममा रहेको नगर प्रमुख भुसालले बताए ।

बजार क्षेत्रमा भत्कीएका सडकले स्कुले बालवालि र सवारी साधन र बजारमा पसल गर्नेहरुलाई समेत शास्ती भएको र नगरपालिको समेत सौन्र्दयता समेत बिग्रिएको स्थानियले धेरै गुनासो बढेको पनि थियो भुसालले भने ‘अब दुइ हप्ता भित्र काम सम्मपन गर्ने गरि निर्माण कार्य सुरु भएको छ ।’ काम सुरु भएसँगै स्थानियले खुसी ब्यक्त गरेका छन् ।

पक्की सडक भत्कीएर पक्की हो की धुले सडक भन्ने अबस्थामा पुग्न थालेको लामो समय सम्म काम सुरु नहुनु स्थायिन वासीको लागि दुखद कुरा हो स्थानिय व्यवसायी झबि पाण्डेयले भने ‘नगरपालिकाको ध्यान जानुले स्थानियमा आशा थपेको छ ।’

काम ढिलो सुरु भएपनि दिर्घकालिन टिकाउ हुँने गरि काम गरियोस । उनले भने ‘बजारसँगै नगर भित्र अरु धेरै समस्याहरु छन् नगरपालिकाले समयमै ध्यान दिनु पर्ने छ ।’

जिल्लाको गौरबका रुपमा रहेको तम्घास बजारमा आउने जानेले बजारमा रहेको पक्की सडक भत्कीएका ठाउँमा ध्यान नजानुले दुर्गम दुरदराजमा झनै सरोकारवालाको ध्यान कसरी जाला भनेर प्रश्न उठाउने गरेका थिए । तम्घास बजार क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत जावत गर्न जोखिम वढनुका साथै बजार क्षेत्रको सुन्दरता समेत हराउँदै जान थालेको छ ।

सडक भत्कीएका ठाउँमा पैदल हिडन समेत समस्या पर्ने गरेको छ । खाल्डा खुल्डी भएको स्थानमा सवारी साधनहरु तर्काएर हिडदा पैदल हिनेहरुलाई पनि जोखिम बढने गरेको हो ।

तम्घास बजार क्षेत्रको मुख्य बजार क्षेत्र उदिन ढुंगा देखि बसपार्क हुँदै भगवती मन्दीर सम्मको सडकमा ठाउँठाउँमा पक्कीबाटो भत्कीनुकासाथै खाल्डा खुल्डी बन्दै गएपछी सडक जिर्ण बन्दै गएको हो । बजारमै साना मोटरसाइकलहरु निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने अबस्था सृर्जित भएको थियो ।

बजार क्षेत्रमा रहेको पक्की सड्क,बिद्युत अनियमिता र खानेपानीको समस्याहरुलाई समधान गर्न भन्दै बेला बेलामा सरोकार वाला पक्षले नगरपालिकालाई ध्यानकर्षण गराउने गरेका थिए ।


प्रकाशित मिति : १३ जेष्ठ २०७५ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend