साझा नेटवर्क
साझा नेटवर्क ,कतार ।
विश्व मुस्लिम समुदायको पवित्र महिना रमजानको अवसरमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले “भातृत्वका लागि सामुदायिक इफ्तार” कार्यक्रम सम्पन्न गरेको छ।
समाजका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदुतावासका नियोग उपप्रमुख मणिरत्न शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) का संयोजक प्रोफेसर रमजान अलिमियाँ,आईसीसी मध्यपुर्व संयोजक आरके शर्मा, अनेमुसका प्रमुख सल्लाहकार करिम बक्स मियाँ, वरिष्ठ सल्लाहकार हुसैन खान, सल्लाहकार मोहम्मद अजिज अलि,वैचारिक संगठनका प्रमुखहरुको विशेष आतिथ्यता रहेका थियो ।
कतारमा कृयाशिल करीव तीन दर्जन संघ संस्थाका प्रमुखहरु, समाजसेबी, बुद्दिजिबि, व्यबसायी तथा पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सामुहिक रुपमा इफ्तार गर्नुका साथै विभिन्न व्यक्तित्वहरुबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो।
हिजरी सम्वतको नवौं महिनामा पर्ने रमजान महिनाभर विश्वका मुस्लिम समुदायले आत्मीय शुद्धता एवं भातृत्व बिकासका लागि एक महिने कठोर व्रत राख्ने परम्परा रहँदै आएको छ भने कतारमा सामाजिक सद्भाव एवं भाइचाराको लागि विगतदेखी नै मुस्लिम समुदाय लगायत नेपाली समुदायले सामुदायिक रूपमा इफ्तार गर्ने गराउने अभियान चलाउँदै आई रहेका छन्।
शुरुमा नेपाली राजदुतावासमा हुने भनिएको इफ्तार कार्यक्रम अप्रत्यासित रूपमा दूतावासले सुचना जारी गरि कार्यक्रम रद्द गरेको जानकारी दिए लगत्तै कतार स्थित नेपाली समुदायमा अन्यौलता छाएको थियो। अन्यौलतालाई चिर्दै अनेमुस कतारले हतारमा कार्यक्रम आयोजना गर्दा कमी कमजोरी हुन पुगेपनी कार्यक्रम भव्य रुपमा सफल भएकोमा समाजका अध्यक्ष मुसलमानले सबैलाई धन्यवाद दिए।
दूतावासमा हुने भनिएको कार्यक्रम अकस्मात रद्द हुँदा पहिल्यै निम्ता पाएका व्यक्तिहरु दूतावास पुगेर फर्किनु परेको गुनासो गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नियोगका उपप्रमुख शर्माले कार्यक्रम रद्द हुनुमा आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको कुनै दोष नभएको, कार्यक्रम रद्द भएपनी आयोजकले छोटो समयमा एउटा सफल कार्यक्रम गरेको भन्दै उपप्रमुख शर्माले प्रशंसा गरे ” यस्तो कार्यक्रमलाई आयोजना गर्न कम्तिमा एक डेढमहिनाको समय चाहिन्छ, तर आयोजकले एक रातमा त्यो काम गरेर समाजको कृयाशिलता र इच्छाशक्तिलाई प्रस्तूत गरेको छ” उनले बताए।
कार्यक्रममा दुताबसका सबै बिभागीय प्रशासनको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्वोधन गर्दै अनेमुसका अन्तर्राष्ट्रिय संयोजक प्रोफेसर रमजान अलिमियाँले आफुहरु दूतावास र कतारका निकायहरुसित मिलेर काम गर्न चाहेको बताए। मियाँले भने “हामीले कतार बनाउन चालीस वर्ष दियौं, अब कतारले हाम्रो राष्ट्रको सम्वृद्दिको लागि सहयोग गर्नु पर्छ भन्ने सन्देश दिन चाहन्छौं” ।
अर्का वक्ता एनआरएनए मध्यपुर्व सम्योजक आरके शर्माले सामुदायिक इफ्तार कार्यक्रमले नेपाली समाज सामाजिक, धार्मिक रुपमा सहिष्णु रहेको सन्देश दिएको बताए।
कार्यक्रमको दौराहन लिएका तस्बीर सौजन्य तिलु शर्माबाट प्राप्त





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend