logo
  • शनिबार, साउन ९ २०८३

संसदमै राष्ट्रपतिलाई सांसदले ‘महारानी’ भनेपछि


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

काठमाडौं, जेठ १२ ।
सरकारको नीति तथा कार्यक्रममाथि संसद्मा चलेको छलफलमा सांसदहरूको उपस्थिति न्यून रहेको बारे नयाँ पत्रिकाले शुक्रबार ‘गम्भीर बहस : रित्तो संसद्’ शीर्षकमा मुख्य समाचार छाप्यो ।

सो समाचार प्रकाशित भएको जानकारी गराउँदै सभामुख कृष्णबहादुर महराले शुक्रबारको संसद् बैठकमा सांसदहरूलाई सचेत गराएका छन् । उनले भने, ‘माननीयज्यूहरू बैठकमा माननीयहरूको न्यून उपस्थितिबारे केही पत्रपत्रिकामा समाचार प्रकाशित भएको छ ।

म यहाँहरूको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’ संसद् बैठकमा अधिकांश सांसद पुगेर हाजिरी गर्ने र फर्किहाल्ने प्रवृत्ति बढेपछि संसद् बैठकका अधिकांश कुर्सी प्रायः खाली हुने गरेका छन् ।

केही सांसदले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले महारानी बनाउन लागेको भन्ने अभिव्यक्ति दिएपछि सभामुखले त्यो शब्द हटाउन समेत निर्देशन दिएका छन् ।

सरकारको प्रतिनिधि समयमै उपस्थित नहुँदा संसद् बैठक समयमा प्रारम्भ हुन नसकिरहेको तर्फ समेत सभामुखले सरकारको ध्यानाकर्षण गराएका छन् । नयाँ पत्रिका दैनिक

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend